china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पश्चिमी जगतका पर्यटकहरुद्बारा ल्हासाका डाँकाहरुको हिंसात्मक गतिबिधिको ब्याख्या
    (GMT+08:00) 2008-03-26 16:52:18    

                   विश्व प्रसिद्ध चिनियाँ भाषाको समाचार मुलक वेभसाइट अर्थात तोवै वेभसाइटले भर्खरै चीनको तिब्बतबाट छाडिएका पश्चिमी जगतका केही पर्यटकले ल्हासामा देखेका र सुनेका कुरासम्बन्धी लामो लेख प्रकाशित गरेको छ।

                 तोवै वेभसाइटद्बारा गत मार्च उन्नाइस तारिखका दिन प्रकाशित लामो लेखमा भनिएको छ: तिब्बती तथा उनीहरुका समर्थकले चीनद्बारा ल्हासामाथि दमन गरिइएको कुराको प्रतिरोधका लागि मार्च अठार तारिखका दिन सारा विश्वमा प्रतिरोधी गतिबिधि चलाएका छन। यस सन्दर्भमा बेलायत, ओस्ट्रेलिया तथा ग्याण्डा आदि पश्चिमी मुलुका सञ्चार-माध्यमहरुले भर्खरै तिब्बतबाट छोडिएका केही पश्चिमी पर्यटकहरुले देखेसुनेका कुराहरुबारे प्रकाशित गरेका छन।

                 बेलायतको "दैनिक इलेक्टोनिक सूचना"अखवारले मार्च अठार तारिख राति "तिब्बतीद्बारा हान जाति माथिको आक्रमणसम्बन्धी ल्हासामा घुमिरहेका पर्यटकको भनाई"शिर्षकको लेख प्रकाशित गर्दै केही पश्चिमी पर्यटकहरुले ल्हासामा देखेका र सुनेका कुराहरुबारे जानकारी दिएको छ।

                 त्यस लेखमा भनिएको छ: उक्त पश्चिमी पर्यटकहरु भर्खरै बन्द गरिएको ल्हासाबाट "भागेर" नेपालको राजधानी काठमाडौं पुगे। उनीहरुका अनुसार, गत मार्च चौध तारिखका दिन क्रोधित भएका तिब्बती लामाहरुद्बारा हान जाति माथि आक्रमण गरिएको कुरा उनीहरु स्वयम आफैंले देखेका थिए।

                  स्विज्टल्याण्डका पच्चीस वर्षको उमेरका पर्यटक क्लाउदे बाल्सिगेरले ल्हासाको जुम्लाखान नजिकको भार्गोर सडकमा उत्पन्न भएको हिंसात्मक गतिबिधि देखेको कुरा बताउनुभयो। उहाँले पुन: सिंहावलोकन गर्दै भन्नुभयो: "युवकहरुले हिंसात्मक गतिबिधि चलाएका छन भने वृद्ध-वृद्धाहरुले चर्को आवाजमा कराएर युवकहरुलाई समर्थन दिने गरेका छन।"

                    ग्याण्डाका उन्नाइस वर्षको उमेरका पर्यटक जोहन केनउदका अनुसार, ती डाँकाहरुले मोटर हाँकेर आएका एकजना मान्छेलाई पनि कुटपिट गरेका थिए। एकजना पुरुषको टाउकोमा ठूलो ढुङ्गाद्बारा धेरै पटक प्रहार गरिएको थियो। ती डाँकाहरुले छाडेपछि ती पुरुष पट्टकै चल्न सकेन्न अर्थात बेहोस भए ।

                  केनउदको विचारमा, ती डाँकाहरुको गतिबिधि निर्धारित योजनाबमोजिम गरिएको गतिबिध हो। उहाँका अनुसार, पक्राउ गरिएका केही लामाको हान जातिद्बारा हत्या गरिएको भन्ने नक्कली कुराबाट तिब्बतीहरुको भावनालाई उत्तेजित पारिएको छ।

                श्री केनउदले पुन: सिंहावलोकन गर्दै भन्नुभयो: "त्यस दिनको हिंसात्मक गतिबिधि अन्त्य भएपछि ल्हासामा रहेका भवनहरुमा आगजनी देखा परेका थिए। लामाहरु सहभागी भएको त्यस्तो हिंसात्मक गतिबिधि मैले कहिल्यै पनि देखेको थिइन।"

                ओस्ट्रेलियाको समाचार मुलक वेभसाइटले "हान जातिलाई क्रुरतासाथ कुटपिट गरिएको सम्बन्धी पर्यटकको देखाई"शिर्षकको लामो लेख प्रकाशित गरेको छ। त्यस लेखमा भनिएको छ: भर्खरै सगरमाथा क्षेत्रबाट आएका पश्चिमी मुलुकका पर्यटकहरुका अनुसार, ल्हासामा हिंसात्मक गतिबिधि उत्पन्न भएको दिनमा क्रोधित तिब्बती युवकहरुले हान जातिमाथि ढुङ्गा हान्नुका साथै उनीहरुलाई कुटपिट गरेर हान जातिका पसलमाथि आगो लगाएका थिए।

                  गत मार्च अठार तारिखका दिन विमानद्बारा नेपालको राजधानी काठमाडौं पुग्नुभएका श्री केनउद लगायत केही पश्चिमी मुलुकका पर्यटकहरुले गत हप्ताको शुक्रबारमा देखा परेको भिडन्तबारे आ-आफ्ना आँखाले देखेका प्रतक्ष कुराहरु उल्लेख गर्नुभएको थियो। श्री केनउदका अनुसार, उक्त हिंसात्मक गतिबिधि समस्त ल्हासामा फैलिएको देखिन्छ।

                   ती पश्चिमी मुलुकका पर्यटकहरुका अनुसार, ती तिब्बती डाँकाहरुले क्रुरताका साथ हान जातिका मान्छेहरुलाई कुटपिट गरेका थिए। ती डाँकाहरुको विचारमा, तिब्बतमा पसेका हान जातिहरुले तिब्बतीहरुको विशेषतायुक्त संस्कृति र जीवन-शैलीको परिवर्तन गर्न खोजेका छन।

                   तर श्री केनउदले उक्त दङ्गामा ल्हासामा कुनै पनि तिब्बतीको मृत्यु नभएको दाबी गर्नुभएको छ।

                  अस्ट्रेलिया न्यूज वेभसाइटले औंल्याएको छः तिब्बतको भागुवा सरकारले मार्च अठार तारिखका दिन तथाकथित प्रमाण दिए अनुसार, बितेका एक हप्तासम्म चलेको विद्रोहमा जम्मा गरी उनान्सय जना तिब्बतीलाई मारियो। तर चिन सरकारले विद्रोहमा तेह्र जना सर्वसाधारणको ज्यान गएको साथै विद्रोहलाई रोक्दाखेरी घातक हतियारको प्रयोग नगरेको कुरामा जोड दिएको छ।

                   केनउदले वर्ण गरे अनुसार, तिब्बतीहरु पुगेका ठाँउहरुमा उनीहरुले आफूले देखेका सबै मानिसलाई लक्षित गरी ढुँगाले प्रहार गरे। उनले यसरी भनेः "उनीहरुले साइकल चढेका एक जना बूढोलाई ढुँगाले प्रहार गरे। केही बूढा तिब्बतीहरुले भीडमा प्रवेश गरी उनीहरुलाई रोक्न खोजे।"

                  क्यानाडाबाट आएका केनउदले अर्को उत्साहजनक उद्धारको सिंहावलोकन गर्दै भनेः एक जना हान जातीका मान्छेले ढुँगाले प्रहार गर्ने तिब्बतीसमक्ष बिन्ती गर्‍यो। यसबारे विस्तृत रुपमा उनले भनेः " उनीहरुले त्यो मान्छेको करङमा खुट्टाले हानिरहेको मैले देखें। त्यो मान्छेको मुख्यमा रगत जताततै देखिन्छ। त्यति खेर एक जना गोलो अनुहार भएको मान्छे त्यो मान्छे नजिक गएर उस्लाई उभ्याउन सहयोग गर्‍यो। त्यो गोलो अनुहार भएकोले उनीहरु वरिपरि हातमा ढुँगा भएका केही तिब्बतीहरुलाई हात हल्लाएपछि मात्रै बल्ल गोलो अनुहार भएकोले हान जातीका ती मान्छेलाई सुरक्षित ठाँउमा सार्न तिब्बतीहरुले छूट दिए।"

                  पश्चिमी पर्यटकहरुले तिब्बतमै हेरेकोबारे वर्ण गरिएपछि तिब्बती भागुवा सरकारका प्रवक्ता थुप्तेन साम्पेलले यसरी भन्योः यस हिंसात्मक काण्ड निकै दुःखपूर्ण र हिंसात्मक शक्तिको प्रयोग नगर्ने आग्रह तिब्बतीसंग गरिँदै आएको छ।

                    अस्ट्रेलिया न्यूज वेभसाइटले औंल्याएको छः ल्हासामा विद्रोह भएको दोस्रो दिन अर्थात मार्च पन्ध्र तारिखका दिन चीनको सुरक्षा कर्मीहरुले ल्हासालाई नाकाबन्दी गर्‍यो। चीनको सैनिक क्षेत्रले पर्यटकहरुलाई आँफू बसेकै होटेलमा बसीरहन आग्रह गर्‍यो। मार्च सत्र तारिखका दिन पर्यटकहरुलाई बाहिर जान छूट दिइयो तर जाँच चौकीमा उनीहरुले आफ्नो राहदानी देखाउनुपर्‍यो।

                  क्यानाडाको मन्ड्रिऔबाट आएका पर्यटक सेर्ग लाचापेलेले आफ्नो अनुभवको सिंहावलोकन गर्दै भनेः ल्हासामा भएका पसलहरु आगोले ध्वस्त पारियो भने धेरै भवनहरु पनि ध्वस्त गरिएको देखिन्छ।

                  क्यानाडाबाट आएका केनउदले सि‌हावलोकन गर्दै भनेः ल्हासामा रहेको मुसलमान क्षेत्र ध्वस्त पारिनुका साथै सबै पसलहरु पनि ध्वस्त गरिएको देखिन्छ। हिजो (मार्च सत्र) विहान म खाना खान होटलबाट बाहिर निस्कें तर तिब्बतीहरुको मुखमा हाँसो देखिन्दैन।

                  "टोरोन्टो स्टार"समाचारपत्रद्बारा प्रकाशित एउटा लेखमा क्यानाडाका पर्यटकले देखेको तिब्बती हिंसात्मक काण्डबारे विस्तृत रुपमा वर्ण गरिएको छ।

                  भ्यान्कुभरका चालिस वर्षिय एलेक्स सिन्कलायरले यसरी भनेः विद्रोह भएको दिनमा उनी एउटा पोस्ट अफिसमा लुकेर बसे। उनको वरिपरिबाट बन्दुक तथा बम विस्फोटनको आवाज आयो। उक्त अनुभव उनका लागि दुःखपूर्ण समय रह्यो। उनी भन्नछन "त्यति बेला मेरो ज्यान खतरामा परेको भन्ने चिन्ता मलाई लाग्यो।"

                  तर आन्थारिओ प्रान्तको लण्डन शहरका उनासट्ठी वर्षिय सुसान वेथमोरले आफ्नो अनुभवको वर्ण गर्न तयार गरेकै छैननः "मैले मेरो अनुभवको सामना गर्ने प्रयास गरिरहेको छु। मेरो केही अनुभव निकै भयानक छन।"

                  माथि उल्लेखित क्यानाडाका पर्यटक केनउद ल्हासाबाट अन्यत्र जानुअघि "टोरोन्टो स्टार"समाचारपत्रसँग टेलिफोन अन्तर्वार्ता गरेका थिए। अन्तर्वार्तामा उनले यसरी भनेः आफू होटलबाट निस्केर ल्हासाको मुख्य सडक पैचिङ्ग रोडमा पुग्दा फोहोर रहिरहेको र आगलागीबाट ध्वस्थ भएका केही कारहरु सडकमै रहेको देखें।

                 उनले यसरी भनेः "यहाँ एउटा भूत शहर जस्तो देखिन्छः धेरै पसलहरु आगोले ध्वस्त पारिएको देखिन्छ। धेरै जना आगलागीमा मरेको मेरो विश्वास छ।"

                 "टोरन्टो स्टार" समाचार-पत्रका अनुसार, क्यानाडाका ती पर्यटकहरुले लासामा दु:ख पाएतापनि उहाँहरुले एउटै कुरा चर्चा गर्नुभयो। त्यो कुरा भनेको उहाँहरुले तिब्बतमा चीन सरकार तथा तिब्बतीहरुद्वारा गरिएको राम्रो सत्कार पाउनुभएको हो।

                   वेटमोरले भन्नुभयो, "हामीले केही दु:ख तथा निकै डर लाग्दो कुरा देख्नुका साथै केही अनौठो कुरा देखेका छौं। तथापि हामीलाई निकै राम्रोसँग सत्कार गरिएको छ"।

                 बेलायतको " द टाइमस"ले मार्च उन्नाइस तारिखका दिन "तिब्बतमा गराइएको हुल दंगाप्रति पर्यटकहरु स्तव्ध तथा डरपुर्ण रहेको" शिर्षकको लेख प्रकाशित गर्दै भर्खरै तिब्बतबाट निस्केका विदेशी पर्यटकहरुले देखेको लासाको हुल दंगा प्रक्रियाबारे जानकारी दिएको छ।

                      " द टाइमस" पत्रिकाले, तिब्बतबाट निस्केका विदेशी पर्यटकहरुले गत साता लासामा गराइएको दुइ दिने हुल दंगाबारे चर्चा गर्दै उनीहरुलाई स्तव्ध तथा डर लागेको कुरा उल्लेख गरेको छ। विशेष गरी "कराएका" तिब्बती हुल्याहाद्वारा ढुंगामुढा गरी बाटोमा हिंडिरहेका हान जातिका नागरिकलाई कुटपिट गर्दाको अवस्थाको चित्रण गरेको छ।

                    तत्स्थानमा सम्पूर्ण प्रक्रिया देखेका पश्चिमी मुलुकका पर्यटकहरुका अनुसार, तिब्बती हुल्याहाहरुले प्रहार गर्ने लक्ष्य अनुहार हान जातिका जनता जस्ता देखिएका मानिसहरु तथा उनीहरुको मालसामानलाई बनाएका थिए। तिब्बती हुल्याहाहरुले धातुबाट बनाइएको लठ्ठीमार्फत मोटर-गाडी चढ्ने मानिसहरुलाई कुटपिट गरेपछि तिनीहरुको मोटर गाडी जलाएका थिए।

                    " द टाइमस"का अनुसार, ती पश्चिमी मुलुकहरुका पर्यटकहरुको भनाइबाट यस पटकको हुल दंगाको क्रूरता प्रतिबिम्बित भएको छ। त्यसले तिब्बती क्षेत्रमा भएका शान्ति तथा समृद्धलाई ध्वास्त पार्नुका साथै दलाइ लामाद्वारा प्रस्तुत तथाकथित "अहिंसात्मक संघर्ष" लाई विगारेको छ।

                  "लासामा गराइएको सबै कुराबारे कुन पक्षमा उभिने भन्ने छनौट गर्न गाह्रो छ"। क्यानाडाको उन्नाइस वर्षिय विद्यार्थी केन्उदले मार्च अठार तारिख लासाबाट काठमाडौंमा पुगेर पत्रकारसँग कुराकानी गर्दै उक्त कुरा वताउनुभएको हो। वितेका दश दिनमा लासामा घुम्नुगएका केन्उदका अनुसार त्यसपछि " मैले तिब्बतीहरुसँग आफ्नै संस्कृति हुनुपर्ने भनाइको स्वीकार गरेतापनि तिब्बती हुल्याहाहरुले गरेको सबै कुराको अस्वीकार गरेको छु।"

                   मार्च अठार तारिख लासाबाट निस्कंदा श्री केन्उदले अत्याधिक विद्यालय, पसल तथा अरु व्यापारीक केन्द्रहरु पुन:खुला भएको छ भन्दै तिब्बती तथा हान जातिका जनता सड्कमा घुमेका कुरा वताउनुभयो।

                      स्वीटरल्याण्डका पचीस वर्षिय पर्यटक कलाउद बालसिगर मार्च आठ तारिख लासामा पुग्नुभएको हो। तिब्बतबाट निस्कंदा काठमाडौंमा पुगेपछि उहाँले उस्तै अनुभवबारे बयान गर्नुभयो। साइकल चढ्ने एक जना बूढालाई तिब्बतीद्वारा कुटिरहंदा उहाँले देख्नुभयो। उहाँले भन्नुभयो, "तिनीहरुले ब्वांसो जस्तै कराएर बहुलाहा गतिबिधि गरेका थिए। तिनीहरुले हान जातिसँग सम्बन्धित सबै मालसामान तथा मानिसमाथि प्रहार गरेका थिए।"

                     यसका साथै कलाउद बालसिगरले "द टाइमस"लाई क्यानाडाका एक जना पर्यटकले खतराको बावजुदमा हान जातिका एक जना मानिसलाई बचाउने प्रक्रियाबारे बयान गर्नुभयो।

                     एकचालीस वर्षिय स्टेफन टोमपसन न्युजिल्याण्डका पर्यटक हुनुहुन्छ। लासामा गराइएको हुल दंगामा उहाँ साइकांग नामक एउटा होटेलमा बस्तुभएको थियो। उहाँले तिब्बती हुल्याहाहरुले भवनको गलासमाथि प्रहार गरेको प्रक्रिया देख्नुभयो। "हामीलाई त्यति बेला खतरनाक रहेको महसुस गरेका थिएनौं। तथापि पर्यटक प्रतिनिधि मण्डलका केही पर्यटकहरुलाई निकै डर लागेको थियो। हामीमध्येका एक जना पर्यटकको टाउको ढुंगा प्रहारबाट घाइते भएको छ।" श्री बालसिगरलले भन्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040