
चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिंग काँगले विभिन्न मुलुकका जनताको समर्थनमा पैचिंग ओलम्पिक खेलकूद अवश्य नै सफल हुने कुरामा विश्वास व्यक्त गर्नुभएको छ। उहाँले आज पैचिंगमा पत्रकारको सम्बन्धित प्रश्नको उत्तर दिंदा उक्त कुरा बताउनुभएको हो।
प्रवक्ता छिंग काँगले 2008 पैचिंग ओलम्पिक खेलकूद सारा चिनियाँ जनताको मात्र भव्य समारोह होइन समस्त विश्वका जनताको पनि हो। हामीले पैचिंग ओलम्पिक खेलकूदमार्फत विश्वका विभिन्न मुलुकका जनताबीचको जानकारी, मित्रता र सहयोगलाई बढाउनसकिने आशा राखेका छौं भन्नुभयो।
उहाँले ओलम्पिक खेलकूदको उद्देश्यलाई बुझेर यसलाई राजनीतिकरण गर्नुनहुने कुरामा पनि जोड दिनुभयो।
|