सिंग व्हा समाचार समितिले आज एक टिप्पणी-लेख प्रकाशित गर्दै ओलम्पिक खेलकूदको पवित्र आगो रिले कार्यक्रमलाई बिथोल्नखोज्ने कुनै पनि कुचेष्टा निश्चय नै विफल हुने कुरा औंल्याएको छ।
सो टिप्पणीमा भनिएको छ- ओलम्पिक खेलकूदको पवित्र आगो रिले कार्यक्रम एक पवित्र संस्कार हो जसले विश्वको परिधिभित्र उदार ओलम्पिक खेलकूदको मनोकांक्षा र भावनालाई फिंजाउने काम गर्दछ र त्यसको उद्देश्य समस्त मानव जातिका लागि निष्पक्ष, शान्ति, समझदारी र मित्रताको वातावरण तयार पार्नका लागि प्रार्थना गर्नु हो।
ओलम्पिक खेलकूदको पवित्र आगोले मानव जातिको आशा र सपना बोकेको छ। त्यो जहाँ पुग्छ, त्यहाँका व्यापक दयालु जनताले हार्दिकताका साथ स्वागत गरेका छन्। पवित्र आगोले मानव जातिको उज्ज्वल भविष्यलाई उज्यालो पारेको छ साथै त्यसले कुनै दागी मनसाय भएका संगठन र मानिसको साँचो अनुहारलाई छर्लंग पारेको छ। ओलम्पिक खेलकूदको पवित्र आगोले तमाम मानव जातिको निर्भिक र न्यायपूर्ण शक्तिको प्रतिनिधित्व गर्दछ र त्यसलाई बिथोल्नखोज्ने कुनै पनि कुचेष्टा निश्चय नै विफल हुने कुरामा सो टिप्पणी लेखले जोड दिएको छ।
|