|
चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन कांगले आज पैचिङमा बोल्दै थाइवानलाई हतियार बिक्री गर्न छोड्न र अमेरिका तथा थाइवानबीचको सैनिक सम्पर्क स्थगित गर्न चीनले अमेरिकालाई पुन: ताकिता गरेको कुरा वताउनुभयो।
प्रवक्ता छिन कांगका अनुसार, चीन र अमेरिकाबीच "अगष्ट सत्र तारिख"मा हस्ताक्षरित विज्ञप्तिमा अमेरिकाले चीनलाई दिइएको वचनबद्धताको अक्षर: पालना गर्नसक्ने, थाइवानलाई हतियार विक्री गर्न बन्द गर्न तथा अमेरिका र थाइवानबीचको सैनिक सम्पर्क स्थगित गर्न चीनले अमेरिकालाई पुन: ताकिता गरेको छ, जसबाट थाइवान जल-डमरुको शान्ति, स्थिरता तथा चीन-अमेरिका सम्बन्धको स्वस्थ तथा स्थिर विकासमा हानि पुर्याउनबाट रोक्न सकियोस।
|