हाल पश्चिमी मुलुकका केही सञ्चार माध्यमहरुले मार्च चौध तारिखका दिन तिब्बतको लासामा गराइएको कुटपीट, लूटपाट, तोडफोड र आगजनी लगायतका हिंसात्मक घटनालाई बंग्याउने समाचार बनाएका छन। यसबारे चर्चा गर्दै चिनियाँ पत्रकार संघका जिम्मेवार व्यक्ति चाइ ह्वै शंगले पश्चिमी मुलुकका सञ्चार माध्यमहरुले वास्तविकताको सम्मान गर्ने, व्यर्थका कुरा नगर्ने आशा व्यक्त गर्नुभयो।

श्री चाइ ह्वै शंगले ल्हासामा गराइएको कुटपीट, लूटपाट, तोडफोड र आगजनी लगायतका हिंसात्मक घटनाबारे पश्चिमी मुलुकका केही सञ्चार माध्यमहरुले बनाएका समाचार सत्यता, निष्पक्षता लगायतका समाचारका सबैभन्दा आधारभूत सिद्धान्त विपरित रहेको कुरा वताउनुभयो। समाचार असत्य भएको खण्डमा समाचारको आधार विपरित हुनुका साथै त्यसले सञ्चार माध्यमप्रति सर्वसाधारणको विश्वासमा ठूलो हानि पुर्याउने छ।
|