china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    एक चीनको नीतिप्रति नेपाल प्रतिवद्ध रहेको नेपालका परराष्ट्र मन्त्रीले बताउनुभएको छ।
    (GMT+08:00) 2008-03-27 15:26:34    

         परराष्ट्र मन्त्रालयले नेपाल एक चीननीतिप्रति प्रतिवद्ध रहेको जनाएको छ। परराष्ट्रमन्त्री सहाना प्रधानले सि.आर.आई.सँग कुरा गर्दै नेपाल सरकार सदैव एक चीनको नीतिलाई स्वीकार गर्ने तथा नेपालको भूमि चीन बिरोधी गतिविधिमा प्रयोग गर्न नदिने स्पष्ट नीति रहेको बताउनुभयो।

              काठमाडौँमा केही दिनदेखि नेपालको असल छिमेकी मुलुक चीन बिरोधी केही व्यक्तिहरुले स्वतन्त्र तिब्बतको माग गर्दै चलाएका गतिविधिप्रति परराष्ट्र मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताउँदै त्यस्ता गतिविधि सञ्चालन गर्ने व्यक्ति तथा समूहलाई नियन्त्रणमा लिई कारवाही गरिएको उहाँले बताउनुभयो। परराष्ट्र मन्त्रालयले गृहमन्त्रालयसँग समन्वय गरी चीन बिरोधी गतिविधि हुन नदिने तथा त्यस्ता गतिविधिमा लाग्ने व्यक्तिलाई गिरफ्तार गरी कारवाही चलाउँदै आएको पनि उहाँले बताउनुभयो।

              परराष्ट्रमन्त्री सहाना प्रधानले काठमाडौँमा केही उच्छृङ्‍खल व्यक्तिहरुले चीन बिरोधी काम गरेकोमा दु:ख व्यक्त गर्दै त्यस्ता गतिविधिको भत्सर्ना गरिएको पनि बताउनुभयो। चिनियाँ दूताबासले आफूलाई काठमाडौँमा बसोबास गर्ने चिनियाँ नागरिकको जिउधनको सुरक्षाका निम्ति चिन्ता प्रकट गरेको बताउँदै सरकारले काठमाडौँमा बस्ने चिनियाँ नागरिकको पूर्ण रुपले सुरक्षा गर्ने प्रतिवद्धता प्रकट गर्नुभयो।

              तिब्बत जनगणतन्त्र चीनको अभिन्न अङ्ग भएकोमा नेपाल सरकार सचेत भएको बताउँदै उहाँले भन्नुभयो "नेपाल एक चीननीतिमा प्रतिवद्ध छ र नेपाल तिब्बतलाई चीनको अभिन्न अंग मान्छ।" चीनको स्थिरता र मेलमिलापका साथै प्रगतिमा नेपाल सरकारले सधैँ विश्वास गर्ने कुरा पनि उहाँले बताउनुभयो। परराष्ट्रमन्त्री प्रधानले चीनलाई हेर्ने कुरामा नेपाल सरकारभित्र कुनै विवाद र दुविधा नभएको पनि प्रस्ट पार्नुभयो।

              परराष्ट्रमन्त्री प्रधानले चीनले नेपालको शान्ति, स्थायित्व र प्रगतिका निम्ति पुर्‍याएको सहयोगको सराहना गर्दै पारस्पारिक सहयोग निरन्तर रहने पनि बताउनुभयो। आउने अगष्ट महिनामा चीनमा हुन लागेको 29 औं ओलम्पिक खेलको पूर्ण सफलताको कामना पनि नेपाल सरकारले गरेको परराष्ट्रमन्त्री प्रधानले सि.आर.आई.लाई बताउनुभयो।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040