china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतको द्रुत विकासबाट तिब्बती जनता सबैभन्दा बढी लाभान्वितः तिब्बती विशेषज्ञ
    (GMT+08:00) 2008-03-27 18:52:06    

          तिब्बती जनताले "आर्थिक वृद्धिबाट लाभ नपाएको" भन्ने विदेशबाट निस्केका केही शंकास्पद आवाजलाई लोप्पा खुवाउनका लागि तिब्बती विशेषज्ञ एवम् चीन केन्द्रीय जातीय विश्वविद्यालयका उप-प्रमुख शेस्राप निमाले आज पैचिंगमा पत्रकारहरुसङ्ग कुराकानी गर्दै तिब्बती जनता तिब्बतको द्रुत विकासबाट तिब्बती जनता सबैभन्दा बढी लाभान्वित भएको कुरा निःसन्देह छ भन्नुभयो।

          श्री शेस्राप निमाले भन्नुभयो- सन् 1951 मा तिब्बतको शान्तिपूर्ण मुक्तिअघि तिब्बतका पढ्ने उमेर पुगेका बाल-बालिकाहरुको विद्यालयमा भर्ना हुने दर दुइ प्रतिशत पनि पुगेको थिएन र युवावर्ग र प्रौढमध्ये निरक्षरहरुको संख्या पन्चान्नब्बे प्रतिशत थियो। तर सन् 2003 को अन्ततिर तिब्बतमा विभिन्न खालका विद्यालयहरुको संख्या एक हजार एघार पुगेको छ, बाल-बालिकाहरु प्राथमिक विद्यालयमा भर्ना हुने दर एकान्नब्बे दशमलब आठ प्रतिशत पुगेको छ र निरक्षर दर झरेर तीस प्रतिशतभन्दा कम भएको छ।

          श्री शेस्राप निमाले अझै भन्नुभयो- गत वर्ष तिब्बत स्वायत्त प्रदेशले ग्रामीण बासिन्दाहरुका लागि न्यूनतम जीवन सुनिश्चितता प्रणालीको स्थापना गरेको छ, जसबाट दुइ लाख तीस हजार सर्वसाधारण लाभान्वित भएका छन्। यसका साथै, छिंग हाई-तिब्बत रेल-मार्ग संचालनमा ल्याइएबाट तिब्बतको पर्यटन उद्योग तिव्र विकासको अवधिमा प्रवेश भएको छ। यसले स्थानीय तिब्बती जनतालाई प्रशस्त रोजगारीका सुअवसर उपलव्ध गराएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040