चीनद्वारा आमन्त्रित भएर ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने विभिन्न मुलुकका अतिथिको स्वागत
(GMT+08:00)
2008-03-27 19:01:39
चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन कांगले आज पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै आमन्त्रित भएर ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने विभिन्न मुलुकका अतिथिको हार्दिक स्वागत गर्नुका साथै चीनले अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुद समितिका सम्बन्धित नियम बमोजिम उहाँहरुको हार्दिक सत्कार गर्ने कुरा वताउनुभयो। कुनै मुलुकका राष्ट्रनायकले चीनद्वारा गरिएको निमन्त्रणा स्वीकार गर्ने कि नगर्ने भन्ने कुरा त्यस मुलुकको ओलम्पिक समितिले गरेको जवाफ भएको कारण चीनले त्यसबारे टिपणी नगर्ने कुरा पनि उहाँले वताउनुभयो।
प्रवक्ता छिन कांगले पैचिङ ओलम्पिक खेलकुद समस्त विश्वका जनताका लागि भव्य समारोह हो भन्दै विभिन्न मुलुकका जनताको संयुक्त प्रयासमा त्यो अवश्य नै सफल हुने विश्वास व्यक्त गर्नुभयो।