चिनियाँ राष्ट्रिय प्रेस कार्यकर्ता संघले हालै एक वक्तव्य प्रकाशित गरी मार्च चौधमा ल्हासामा गराइएको कूटपीट, लूटपाट, तोडफोड र आगजनीजस्ता घटनाबारे झुठो समाचार सार्वजनिक गर्ने केही पश्चिमी संचार माध्यमको कडा निन्दा गरेको छ।

सो वक्तव्यमा भनिएको छः दागी मनसाय लिएका केही पश्चिमी संचार माध्यमले ल्हासा घटनासम्बन्धी समाचार दिंदा जरैदेखि प्रेस कार्यकर्ताको पेशागत नैतिकतालाई बिर्सेका छन्। तिनीहरुमध्ये कसै-कसैले फोटोलाई प्राविधिक तरिकामार्फत अर्कै रुप दिएका थिए र अझ केही मुख्य पश्चिमी संचार माध्यमले वास्तविक तथ्यलाई बंग्याउनुका साथसाथै घटनालाई बढाई-चढाई जनमानसमा अफवाह फैलाएका छन।
|