china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका राष्ट्राध्यक्ष हु चिन थाउद्वारा अमेरिकी राष्ट्रपति बुशसँग टेलिफोन वार्ता
    (GMT+08:00) 2008-03-27 09:12:02    

          चीनका राष्ट्राध्यक्ष हु चिन थाउले हिजो बेलुकी अमेरिकी राष्ट्रपति बुशसँग टेलिफोन वार्ता गर्नुभयो।

          थाइवान समस्याबारे राष्ट्राध्यक्ष हु चिन थाउले एक मात्र चीनको नीतिमा डटिरहने, थाइवानको स्वतन्त्रता पक्षधरको विरोध गर्ने सम्बन्धमा राष्ट्रपति बुश तथा अमेरिका सरकारद्वारा धेरै पटक व्यक्त गरिएको स्पष्ट अडानको प्रशंसा गर्नुका साथै थाइवान जल-डमरुको शान्ति तथा स्थिरताको संरक्षण गर्नका लागि चीन र अमेरिकाले संयुक्त प्रयास गर्नसक्ने आशा व्यक्त गर्नुभयो।

          तिब्बतको लासामा हालै गराइएको कुटपीट, लुटपाट, तोडफोड तथा आगजनीलगायतका हिंसात्मक घटनाबारे चर्चा गर्दै राष्ट्राध्यक्ष हु चिन थाउले यस पटकको गम्भिर हिंसात्मक घटनाका लागि कुनै पनि उत्तरदायी सरकारले त्यसको जिम्मेवारी वहन गर्नुपर्ने कुरा वताउनुभयो। दलाइ लामाले "तिब्बतको स्वतन्त्रता" को अडानलाई परित्याग गरेको, मातृ-भूमिलाई अलग पार्ने गतिविधि त्यागेको तथा तिब्बत र थाइवान चीनको अविभाज्य अङ्ग भएको तथ्यलाई स्वीकार गरेको खण्डमा चीन सरकार उहाँसँग वार्ता गर्न इच्छुक रहेको कुरा राष्ट्राध्यक्ष हु चिन थाउले स्पष्ट पार्नुभयो।

          उहाँहरुले कोरियाली प्रायद्वीपको आणविक समस्याबारे विचार-विमर्श गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040