चीनको राष्ट्रिय समाचार समिति— सिंग व्हा समाचार समितिले हिजो एक टिप्पणी-लेख प्रकाशित गर्दै आफ्नो राजनीतिक कुनियत लिएका केही अन्तर्राष्ट्रिय संगठनले ओलम्पिक खेलकूदको पवित्र आगोको संकलन संस्कारलाई विथोल्ने प्रयास गरेकोमा यस कुराले ओलम्पिक खेलकूदको भावनालाई अपमान गरेको साथै ओलम्पिक खेलकूदलाई ख्याल विचार पुर्याएका र माया गरेका सारा विश्वका जनताको मनोभावलाई आघात पुर्याएको कुरा उल्लेख गरेको छ।
थाहा भएअनुसार, मार्च चौबीस तारिखका दिन उनान्तीसौं पैचिंग ग्रीष्मकालीन ओलम्पिक खेलकूदको पवित्र आगोको संकलन संस्कार प्राचीन ओलिम्पियामा आयोजित भइरहेको बेलामा "रिपोर्टस विजाउट बोर्डर्स"का तीनजना सदस्यले एउटा कालो तुल उचालेर खैलाबैला मच्चाएका थिए। ती तीनजना विरोधीलाई तुरुन्तै ग्रीस प्रहरीले तत्तत्स्थानबाट अन्तै लगेका थिए र खराब आचरण" को नाउँमा तिनीहरुमाथि स्थानीय कानूनी विभागले अभियोग लगाएको छ।
|