china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बती बौद्ध धर्मका प्रसिद्ध अवतारी लामाव्दारा एकपछि अर्को गरी व्यक्त
    (GMT+08:00) 2008-03-27 14:15:16    

          तिब्बतको धार्मिक क्षेत्रका प्रसिद्ध अवतारी लामाहरुले एकपछि अर्को गरी कुराकानी गर्दै ल्हासामा "मार्च चौध तारिख"का दिन गरिएको हुल-दङ्गा, कूटपिट, लुटपाट र आगजनीजस्ता गम्भीर हिंसात्मक घटनाबाट दलाइ गूटव्दारा तिब्बतमाथि खलल पुर्‍याउन र धर्मलाई गोलमाल पार्नखोज्दै आइएको उनीहरुको साँचो अनुहार छर्लङ्ग हुनगएको कुरा बताउनुभएको छ।

          चिनियाँ बौद्ध धर्म संघअन्तर्गत तिब्बती शाखा संघका उप-प्रमुख अवतारी लाद अवाङ्गतान्चनले दलाइव्दारा आफ्नो धार्मिक स्थानको दुरुपयोग गरी केही लामाहरुलाई अल्मल्याउने र लोभ्याउने गर्दै उनीहरुको प्रयोग गरी मातृ-भूमिमा नाना किसिमका घटनाहरु घटाउँदैआइएको कुरा ‌औंल्याउनुभएको छ। उहाँको भनाइअनुसार, त्यसको कुकर्मबाट नियमित धार्मिक अवस्थालाई भताभुङ्ग गरिएको मात्र नभई यो कुरा बौद्ध धर्मका धार्मिक सिद्धान्तबाट पनि जरैदेखि विपरीत हुनगएको भन्नसकिन्छ।

         उक्त शाखा संघका प्रमुख अवतारी लामा दुफ्काङ्ग टुफ्देन केदुफले तिब्बती बौद्ध धर्मको एकजना अवतारी लामाको हैसियतले मैले धार्मिक पोशाक लगाइएका व्यक्तिहरुव्दारा जानाजानी गरिएका हुल-दङ्गा, कुटपीट, आगजनी र लुटपाटको अवस्था देख्दा मलाई एकदमै दुःख लागेको छ, रीस उठेको छ र म क्रोधित भएको छु भन्नुभएको छ। तिब्बतका ठूला वा साना गुम्बाहरुका लामाहरु होउन वा अरु कोही, सबैले पृथकतावादीहरुको सारगर्भित भावनालाई बुझ्न पनि उहाँले आव्हान गर्नुभएको छ।

          थाहा भएअनुसार, अरु अवतारी लामाहरुले पनि त्यस्तै विचारहरु व्यक्त गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040