china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतका विभिन्न क्षेत्रहरुव्दारा ल्हासामा उत्पन्न भएको हिंसात्मक घटनाको निन्दा गरिएको
    (GMT+08:00) 2008-03-27 20:44:03    

         मार्चको मध्यकालमा चीनको तिब्बत स्वायत्त प्रदेशको राजधानी ल्हासामा हुल-दङ्गा, कूटपिट, लुटपाट, आगजनी जस्ता घटना भएका थिए। त्यसै गरी तिब्बतका धार्मिक व्यक्ति, शहरिया र विव्दान आदि समाजका विभिन्न क्षेत्रहरुले तिनको कडाइकासाथ निन्दा गर्दै आएका छन्। उनीहरुले एकपछि अर्को गरी के बताएका छन् भने ऐन-कानूनलाई नाघिसकेका अपराधीहरुले मानवतावादी सिद्धान्तबाट विपरित भई ल्हासामा बल्ल तल्ल प्राप्त गरिसकेका सुधारत्मक नतीजाहरुलाई भताभुङ्ग पारेका थिए। अबपछि पनि उपर्युक्त किसिमका घटनाहरु नहोस र मानिसहरुलाई एउटा शान्तिपूर्ण जीवनको वातावरण पुनर्स्थापना गरुन् भनेर पनि आव्हान गर्दै आएका छन्। अब एउटा प्रतिवेदन सुन्नुहोस्-

              मार्च चौध तारिखका दिन केही लामाहरुले ल्हासा नगरको राम्छे गुम्बाको नजीक शान्ति-सुरक्षामा कार्यरत् प्रहरीहरुमाथि ढुंगा प्रहार गरेका थिए। अनि त्यसपछि केही आतंककारीहरुले सडकमा भेला भई मातृभूमिलाई फुटाउने नारा लगाई जबर्जस्ती रुपमा हुल-दङ्गा, कूटपिट, लुटपाट, आगजनी जस्ता कुकर्महरु गरेका थिए। अनि त्यसपछि उक्त घटना छिटो फैलिएको देखियो। त्यस क्रममा ती अपराधीहरुले ल्हासा नगरका मुख्य सडकहरुको छेउछाउमा रहेका पसल, स्कूल, अस्पताल बैंक आदि सर्वजनिक संस्थाहरुमा आग्जनि र आक्रमण जस्ता कुकर्महरु गर्नुका साथै आवत-जवत गरीरहेका गाडीहरुमाथि पनि आगो लगाएर जलाएका थिए। त्यति मात्र नभई उनीहरुले सडकमा हिंडिरहेका साधारण मानिसह‍रुलाई पनि कूटपिट गरेका थिए। त्यस गरी स्थानीय बासिन्दाहरुका जीउ-ज्यान र धन-सम्पत्तिको सुरक्षालाई निकै क्षेति-नोक्सानी पर्‍याएका थिए।

             चिनियाँ बौद्ध धर्म संघ अन्तर्गत तिब्बती शाखा संघका प्रमुख द्रुखाङ्ग शुब्टेन खाद्रुफले बोल्दै अपल्पसंख्यक गुम्बाहरुका केही लामाहरुले राम्रोसित धार्मिक किताब नपढी धार्मिक नियमको पालना नगरी धार्मिक क्षेत्र र व्यापक धार्मिक अनुयायीहरुका मूलभूत हित-कल्याणमाथि खलल पुर्‍याएका थिए भनेर बताउनुभएको छ।

              निकै अल्पसंख्य लामाहरुले धार्मिक पोशाक लगाएर अपराधीहरुसित संगै मिलेर हुल-दङ्गा, कूट-पिट र लूटपाट गरेको अवस्था मैले देखें। यस्तो अवस्था देखेर खिन्नता लाग्नुका साथै मलाई झन् बढी लाज लाग्यो। सर्ववित्तितै छ- अहिले तिब्बती जनताहरुको जीवन सुख छ, बौद्ध धर्मको संस्कृति जल्दो बल्दो छ। सरकारले ऐन-कानून अनुसार ती अपराधीहरुमाथि कारवाही गर्नुपर्छ भन्ने हाम्रो धारणा छ।

              तथ्याङ्क अनुसार ल्हासामा उत्पन्न भएको घटनामा जम्मा गरी अठार जना निर्दोष व्यक्तिहरु मरिनुका साथै एक सय बीस वटा कोठा आग्लागी भएको थियो। नौ सय आठ वटा पसलहरु आगो लागाइएको थियो। यसका साथै थप सात वटा विद्यालय र पाँच वटा अपस्पतालहरु क्षेति नोक्सानी भएका थिए। यसबाट प्रत्यक्ष आर्थिक क्षेति-नोक्सानीको रकमको संख्या पच्चीस करोड चिनियाँ युआन छ। यस्तो परिस्थिति देखेपछि ल्हासाका बासिन्दा लोसाङ्गले क्रोधित भएर बताउनुभयो-

              हाल अपराधीहरुव्दारा ल्हासामा घटना घटाइएकोमा मलाई निकै रीस उठेको छ र म क्रोधित छु। अहिले तिब्बतको स्थिर र जल्दोबल्दो परिस्थिति विभिन्न जातिका जनताहरुले संगै मिलेर सक्दो प्रयास गरी प्राप्त गरेका हुन्। त्यो त कति कष्टका साथ पाइएको हो भन्ने कुरा बर्णन गरेर सकिदैन। तर अल्पसंख्यक अपराधीहरुले निकै छोटो समियभित्र हामीमाथि भयन्कर क्षेति-नोक्सानी पुर्‍याएका छन्। ल्हासाको वासिन्दाको हैसियतले मलाई एकदमै रीस उठ्यो। उनीहरुले दलाइ गूटको उक्साइमा हामी साधारण मानिसहरुका अगाडी जघन्य अपराध गरेका थिए। हामीले उनीहरुको कूनियतलाई पूरा गर्ने छूट दिन्दैनौं।

              ल्हासामा उत्पन्न भएको हिंसात्मक घटनामा अपराधीहरुले एकदमै क्रूर तरिका चलाएका थिए। ती अपराधीहरुले मोटर-साइकल चढेका एक जना पुरुषलाई घेराहाली ढुँगा र इंटव्दारा उनको टाउकोमा कूटपिट गरेका थिए। त्यसको परिणामस्वरुप उनका दाहिने आंखा अन्धो भयो र देब्रे कान काटियो। त्यस घटनाको प्रत्यक्ष दर्शी एक जना तिब्बती बूढोमानिस चोद्रेक भन्नुहुन्छ-

              चौध तारिख दिउँसो आफ्नो घरमा फर्कने क्रममा मैले बाटोमा सहन नसक्ने दृष्य देखें। त्यस्तो डर लाग्दो दृष्य मैले आफ्नो आंखाले देखें की त्यस्तो पनि हुन्छ भन्ने कुरा मैले सोचेको पनि थिइन। ती अपराधीहरुमाथि गम्भीर, कडा र छिटो गरी कारवाही हुनेछ भन्ने हाम्रो आशा छ।

              दीर्घकालसम्म धार्मिक विषयहरुको अनुसन्धान गर्दै आएका तिब्बती विव्दान दुकार चेरिङ्गको भनाइ अनुसार दीर्घकालदेखि चीन सरकारले तिब्बती बौद्ध धर्मका लागि विशेष हेर-विचार गर्दै आएको छ। त्यस क्रममा प्रशस्त रकम र सुन-चांदी छुट्याएर पोताला दरवार, टाशिल्हुनफो गुम्बा, जुलाखाङ्ग आदि गुम्बाहरुको मर्मत र जिर्णोधार एवम संरक्षण गरेको पनि छ। यो त कति राम्रो कुरा हो।

               प्राप्त पछिल्लो जानकारी अनुसनर हाल उक्त घटनापछि तिब्बत स्वायत्त प्रदेश सरकारले तुरुन्तै आवश्यक कदमहरु चाली त्यसमा संलग्न अपराधीहरुमाथि प्रहार गर्दै आएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040