china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ सहयोगमा निर्माण भइरहेको रसुवा स्याप्रुवेसी सडक आगामी दुई वर्षमा सम्पन्न हुनेछ।
    (GMT+08:00) 2008-03-28 15:54:49    

          नेपाल र चीनबीचमा सडक सम्पर्क बिकास गर्ने उद्देश्यले निर्माणाधीन रहेको रसुवा स्याप्रुबेसी सडक सन् 2010 भित्र सम्पन्न हुने भएको छ। भौतिक योजना तथा निर्माण मन्त्रालयले सि.आर.आई.लाई बताए अनुसार अहिले सडकको निर्माण कार्य तीब्र रुपमा भइरहेको छ।

               दुईवर्ष अगाडि निर्माण सुरु भएको रसुवा स्याप्रुबेसी सडक चिनियाँ सहयोगको परियोजना हो। एक अर्ब नेपाली रुपैयाँभन्दा बढी लागतको यो परियोजना सम्पन्न भएपछि खासा तातोपानी बाहेक चीनसँग अर्को व्यापारिक नाकाको प्रादुभाव हुनेछ।

               मन्त्रालयले बताए अनुसार यस परियोजनामा सम्पूर्ण प्रविधि र प्राविधिकहरु चिनियाँ नै लगाइएको छ। राजधानीबाट छोटो दुरीमा चीनको स्वायत्त प्रदेश तिब्बत जोड्ने यो सडकले नेपाल र चीनबीचको व्यापारिक सम्बन्धमा समेत अहं भूमिका निर्माण गर्नेछ। सडकले काठमाडौँ बाहेक नुवाकोट र रसुवा जिल्लालाई समेट्नेछ।

               यसैगरी चिनियाँ सरकारले तातोपानी खासा नाकाबाट माथिल्लो खासा बजारसम्मको कालोपत्रे सडकको मर्मत कार्य गरिरहेको छ। नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले सि.आर.आई.लाई बताउनु भए अनुसार अब केही दिनमा सम्पन्न हुने उक्त खण्डको सडक मर्मतले नेपाल र चीनबीचको व्यापारमा थप मदत पुराउने छ। तातोपानी खासा नाकादेखि माथिल्लो खासा बजारसम्मको सडक खण्ड साँगुरो तथा पुरानो पिच उप्किएकाले छोटो दुरीमा पनि सवारी आवतजावत गर्न लामो समय लाग्ने गरेको थियो।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040