
तिब्बतको धार्मिक क्षेत्रका कतिपय व्यक्तिहरुले हिजो चीन र विदेशका सञ्चार माध्यममार्फत चौधौं दलाइ लामालाई चीनको संविधान तथा ऐनको पालना गर्ने, चीनको एकिकरण तथा राष्ट्रिय एकतालाई ध्वस्त पार्ने कुरा नगर्न आग्रह गर्नुभयो।
तिब्बती बुद्ध धर्मका अवतारीहरु, विशेषज्ञ तथा विद्वानहरुले हिजो स्वदेश र विदेशका उन्नाइस वटा सञ्चार माध्यमका प्रतिनिधिहरुलाई अन्तर्वार्ता दिनुभयो। उहाँहरुले दलाइ लामाले तिब्बतको स्वतन्त्रता सम्बन्धी अडानलाई परित्याग गर्नुपर्ने, पृथकतावादी गतिबिधिलाई स्थगित पार्नुपर्ने भन्दै यसका लागि चीन सरकारसँग सम्पर्क गर्ने तरिका विद्यमान रहेको कुरासमेत वताउनुभयो।
यसका साथै ती अवतारीहरुले कानूनी चेतनालाई बढाउने, बौद्ध-धर्म सम्बन्धी नियमको पालना गर्ने, ऐन तथा धार्मिक नैतिकता बमोजिम काम गर्न केही युवक भिक्षुहरुलाई सम्झाउनुभयो।
|