 तिब्बत स्वायेत्त प्रदेशको अर्थ विभाग लगायतका विभागहरुले हाल संयुक्त रुपमा "मार्च चौध"घटनामा परेका क्षतिग्रस्त पसलहरुलाई सहायता दिन धेरै सहुलियत नीतिको तर्जुमा गरेका छन।
तीमध्येको कर उठाउने सहुलियत नीति अनुसार, "मार्च चौध"घटनामा परेका क्षतिग्रस्त पसलहरुले बुझाउनुपर्ने संचालन सम्बन्धी कर, पसलको आय सम्बन्धी कर तथा व्यक्तिगत आय सम्बन्धी करलाई निशुल्क पारिनेछ। कर उठाउने सहुलियत नीति लागू गर्ने अवधि आगामी दुइ वर्षसम्म हुनेछ।

त्यसका अतिरिक्त, क्षतिग्रस्त पसलहरुले व्यापारिक गतिबिधि चलाउन भाडा लिनका लागि तिर्नुपर्ने रकम तिब्बत स्वायेत्त प्रदेशले आगामी तीन वर्षसम्म सहायता दिने छ। क्षतिग्रस्त पसलहरु तथा क्षतिग्रस्त भएको कारण अस्थायी रुपमा बेरोजगारी भएका व्यक्तिहरुलाई बेरोजगारी सम्बन्धी भत्ता दिइने छ।
प्राप्त तथ्यांक अनुसार, लासामा गराइएको कुटपीट, लुटपाट, तोडफोड र आगजनी लगायतका हिंसात्मक घटनामा परी नौ सय आठ वटा पसलहरु क्षतिग्रस्त भएका छन।
|