आज विहान चीनको तिब्बत स्वायत्त प्रदेशको सम्बन्धित विभागले प्रत्येकका लागि दुइ लाख चिनियाँ युआन विशेष क्षति-पूर्ति मार्च चौधको घटनामा ज्यान गुमाउनुपरेका दुइजना नरनारीका परिवारको हातमा पुर्याएको छ। यसका साथै अरु निर्दोष मृतकहरुका परिवारलाई विशेष क्षति-पूर्ति प्रदान गर्ने कार्य पनि क्रमशः शुरु हुने भएको छ।
मार्च चौधको घटनामा "यी छुन" नामक पोशाक पसलमा हुल्याहाहरुले आगो लगाएर ध्वस्त पारेका थिए। तिब्बत स्वायत्त प्रदेश सरकार र ल्हासा नगर सरकारका जिम्मेवार व्यक्तिहरुले त्यस पसलका दुइजना मृतकका परिवारलाई सम्वेदना व्यक्त गर्दै विशेष क्षति-पूर्ति दिनुभयो।
|