ग्रीसको स्थानीय समयअनुसार आज दिउँसो उनान्तीसौं ओलम्पिक खेलकुदको पवित्र ज्योति हस्तान्तरण समारोह यथेन्स शहरको केन्द्रमा रहेको फानाथिनाको रङ्गशालामा भब्यतासाथ आयोजना गरियो। त्यस भब्य समारोहमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिअन्तर्गत राजनैतिक ब्यूरोका सदस्य एवम् पैचिङ्ग शहरका सचिव अर्थात पैचिङ्ग ओलम्पिक खेलकुद संयोजन समितिका अध्यक्ष लि छीले ग्रीसको ओलम्पिक खेलकुद परिषदका अध्यक्ष मिनोस क्रियाकोको हातबाट सन् 2008पैचिङ्ग ओलम्पिक खेलकुदको पवित्र राँको लिनुभयो।
श्री लिउ छिले समारोहलाई सम्बोधन गर्दै भन्नुभयो: ओलम्पिक खेलकुदको पवित्र ज्योतिले ग्रीसका जनताको मित्रता र शुभेच्छा लिएर महान ओलम्पिक आन्दोलनको उद्गम स्थानबाट लामो पर्खाल अर्थात पैचिङ्ग पुग्ने भएको छ। मेलमिलापयुक्त यात्रा भन्ने उद्देश्य रहेको पैचिङ्ग ओलम्पिकको राँकोसम्बन्धी हस्तान्तरण प्रक्रिया सफल हुने कुरामा हामी विश्वस्त छौं।
साथै श्री लिउ छिले चीन सरकार तथा पैचिङ्ग ओलम्पिक खेलकुद संयोजन समितिका तर्फबाट पैचिङ ओलम्पिकमा सहभागी हुन सारा विश्वलाई हार्दिक निमन्त्रणा पनि दिनुभएको छ।
|