china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्ग ओलम्पिकको पवित्र राँकोको स्वागत
    (GMT+08:00) 2008-03-31 18:26:08    

               पैचिङ्ग ओलम्पिकको पवित्र राँको चीन अन्तर्राष्ट्रिय हवाई कम्पनीको "ओलम्पिक पवित्र राँको" शिर्षकको विमानद्बारा यथेन्सबाट आज विहान पैचिङ्गको राजधानी अन्तर्राष्ट्रिय विमान स्थल ल्याइपुर्‍याइयो। त्यसपछि पैचिङ्ग ओलम्पिकको पवित्र राँकोको स्वागत तथा राँकोको रिले कार्यक्रमको शुभारम्भ समारोहको आयोजना गरियो। चीनका नेतागण हु चिन थाउ र सि चिन फिंगले एक हजारभन्दा बढी पैचिङ्गबासीसँग उक्त भव्य समारोहमा भाग लिनुभयो।

                    पैचिङ्ग ओलम्पिक खेलकुद शुरु हुन अब एक सय तीस दिन बाँकी छ। प्राचीन ओलम्पिक खेलकुदको मुहान स्थल ग्रीसको ओलम्पियामा बालिएको ओलम्पिकको पवित्र राँकोलाई आज विहान पैचिङ्गको केन्द्रमा पर्ने थेन आन मन चोकमा पुर्‍याइयो। राँको त्यहाँ पुर्‍याइनेबित्तिकै थेन आन मन चोकमा भएका दर्शकहरुले उत्साहजनक तवरले ताली बजाउँदै खुशीका साथ कराएका थिए।

                  सो समारोहमा चीनका राष्ट्राध्यक्ष हु चिन थाउले चीनकै जमिनमा बालिएको "शुभ बादल" नामक पहिलो राँको चीनका प्रसिद्ध खेलाडी अर्थात पुरुषतर्फ एक सय दश मिटर अबरोध दौड प्रतियोगितामा कीर्तिमान कायमकर्ता लीउ स्यांगलाई हस्तान्तरण गर्नुभयो। त्यसपछि राष्ट्राध्यक्ष हु चिन थाउले भन्नुभयोः

                "म घोषणा गर्छुः सन 2008 पैचिङ्ग ओलम्पिकको पवित्र राँकोको रिले कार्यक्रम शुरु भयो!"

                   ओलम्पिक खेलकुदको मुहान स्थलमा सल्काइएको उनान्तीसौं ओलम्पिकको यस पवित्र राँकोलाई एक सय तीस दिनसम्म विश्वभरि घुमाइने छ। यस पटकको राँको रिले कार्यक्रमको मुख्य विषय "मेलमिलाप यात्रा" रहेको छ भने त्यसको नारा "उत्साह बढाऔं, संकल्प गरौं" भन्ने रहेको छ। यस क्रममा "शुभ बादल" नामक यस राँकोले विश्वका पाँचवटा महाद्बीपमा एक लाख सैंतीस हजार किलोमिटरको दूरी पार गर्नेछ। यस पटकको राँको हस्तान्तरण गर्ने दुइ हजार एक सयभन्दा बढी व्यक्ति हुने छन भने पवित्र राँकोको सुरक्षा गर्ने व्यक्तिहरुको संख्या पाँच हजार पुग्नेछ। ओलम्पिक खेलकुदको इतिहासमा यस पटक पवित्र राँको रिले गर्ने समय सबैभन्दा बढी र यसमा सहभागी व्यक्तिहरुको संख्या सबैभन्दा बढी हुनेछ।

                   आजको समारोहमा चीनका उप-राष्ट्राध्यक्ष सि चिन फिंगले ओलम्पिकको पवित्र राँकोलाई पैचिङ्गमा स्वागत गर्दै भन्नुभयोः

                 "विशेतायुक्त उच्च तहको ओलम्पिक खेलकुदको आयोजना गर्नु नै सम्पूर्ण चिनियाँहरुको साझा संकल्प हो। विश्वका विभिन्न मुलुक तथा क्षेत्रका खेलाडी र मित्रहरुलाई ओलम्पिक खेलकुदमा भाग लिनका लागि पैचिङ्ग आउन चीन सरकार र जनता हार्दिक स्वागत गर्दछन। हामी सम्पूर्ण मित्रहरुबीच ओलम्पिक भावनाको प्रचार-प्रसार गरी विभिन्न देशका जनताबीचको जानकारी र मित्रतालाई बढाएर दीर्घकालीन शान्ति र साझा समृद्धिमा आधारित मेलमिलापयुक्त समाजको निर्माणका लागि अथक प्रयास गर्नेछौं।"

                   ग्रीसको ओलम्पिया र चीनको लामो पर्खाल यी दुइवटा प्राचीन सभ्यतालाई ओलम्पिकको पवित्र राँकोबाट पूर्णरुपमा जोडिएको छ। पैचिङ्ग ओलम्पिकको पवित्र राँको रिले कार्यक्रमले एक लाख तीस करोड चिनियाँ जनता र विश्वका पाँचवटा महाद्बीपमा बसोबास गर्ने अन्य विभिन्न देशका जनताको मुटुमा ओलम्पिक भावनाको अझ बढी प्रचार-प्रसार गर्नेछ।

                  अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष चाकुएस रोगेले आजको राँको रिले कार्यक्रमको शुभारम्भ समारोहका लागि बधाई सन्देश पठाउनुभएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक समितिअन्तर्गत पैचिङ्ग ओलम्पिक खेलकुद सामञ्जस्य समितिका अध्यक्ष हेन भेर्ब्रुगेनले श्री रोगेका तर्फबाट उक्त बधाई सन्देश पढेर सुनाउनुभयो। उक्त सन्देशमा भनिएको छः

               "पैचिङ्ग ओलम्पिक खेलकुदको प्रतिभाको सिर्जना मात्र नभई चीन र विश्वका जनताले एकले अर्काबाट सिक्ने, जानकारी लिने तथा कदर गर्ने महान अवसरको सिर्जना पनि गर्ने मेरो दृढ विश्वास छ।"

                  गत चौबीस तारिखका दिन ग्रीसको ओलम्पियामा सफलताका साथ बालिएपछि नियमानुसार ओलम्पिक खेलकुदको राँको ग्रीसभित्र सात दिनसम्म घुमाइएको थियो। हिजो ग्रीसमा आयोजित ओलम्पिकको पवित्र राँको हस्तान्तरण समारोहमा पैचिङ्ग ओलम्पिक खेलकुद संयोजन समितिका अध्यक्ष लीउ छिको नेतृत्वमा ग्रीस पुगेको प्रतिनिधिमण्डलले उक्त पवित्र राँकोलाई पैचिङ्ग पुर्‍याएको हो। आजको समारोहमा बोल्दै श्री लीउ छिले भन्नुभयोः

               "हामी हरित ओलम्पिक, वैज्ञानिक तथा प्राविधिक ओलम्पिक र मानवीय ओलम्पिक भन्ने धारणालाई चौतर्फीरुपमा व्यवहारमा उतारेर विभिन्न तयारी कार्य राम्ररी गर्नेछौं।"

                  पैचिङ्ग ओलम्पिकको पवित्र राँको भोलि काजाक्स्तानको अल्माटी पुर्‍याइने कार्यक्रम छ। त्यसपछि पैचिङ्ग ओलम्पिकको पवित्र राँकोलाई चीनबाहिर तेत्तीस दिनसम्म घुमाइने छ। मे महिनाको शुरुतिर पुनः चीन ल्याइने यस ओलम्पिकको पवित्र राँकोलाई अगष्ट आठ तारिखका दिन उनान्तीसौं ओलम्पिक खेलकुद पैचिङ्गमा शुरु हुने समयसम्म चीनका विभिन्न स्थानमा घुमाइने कार्यक्रम छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040