
ग्रीसको ओलम्पियाबाट ल्याइएको सन् 2008 पैचिङ ओलम्पिकको पवित्र राँको आज पैचिंग पुगेको छ। त्यसपछि पैचिँङ ओलम्पिकको पवित्र राँकोको स्वागत तथा राँको रिले कार्यक्रमको शुभारम्भ समारोहको आयोजना आज विहान थ्येन आन मन चोकमा गरियो।

चीनका राष्ट्राध्यक्ष हु चिन थाउ यस समारोहमा उपस्थित हुनुहुन्थ्यो। उहाँले चीनमा बालिएको "शुभ बादल" नामक पहिलो राँको चीनका प्रसिद्ध खेलाडी एवम् पुरुषतर्फ एक सय दश मिटर अबरोध दौड प्रतियोगितामा कीर्तिमान कायमकर्ता लिउ स्यांगलाई हस्तान्तरण गर्नुभयो। त्यसपछि राष्ट्राध्यक्ष हुले पैचिंग 2008 ओलम्पिक राँकोको रिले कार्यक्रम शुरु भएको घोषणा गर्नुभयो।

चीनका उप-राष्ट्राध्यक्ष सि चिन फिंग र अन्तर्राष्ट्रिय ओलम्पिक समितिअन्तर्गत पैचिंग ओलम्पिक खेल्कुदको मध्यस्थ समितिका अध्यक्ष हैन भेर्ब्रुगेनले पनि यस समारोहमा भाग लिनुभयो।
|