china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनस्थित केही मुलुकका कुटनीतिज्ञहरुद्बारा लाह्सामा स्थलगत निरीक्षणपछि चीन सरकारको कदमको समर्थन
    (GMT+08:00) 2008-03-31 14:59:56    

          मार्च अट्ठाइस तारिखका दिन चीनस्थित केही मुलुकका कुटनीतिज्ञहरुले तिब्बत स्वायत्त प्रदेशको राजधानी लाह्सामा गएर मार्च चौध तारिखका दिन लाह्सामा भएको कूटपिट, भताभंग, लूटपाट र आग्जनीको गम्भिर हिंसात्मक घटनाका सम्बन्धमा दुई दिनसम्म स्थलगत निरीक्षण गर्नुभयो। हिंसात्मक घटनाका कारण भएको क्षतिलाई आफ्नै आँखाले देख्नपाएपछि ती कुटनीतिज्ञहरुले मार्च चौध तारिखका दिन भएको उक्त घटनाका सम्बन्धमा चीन सरकारले अंगालेका कदमको समर्थन गर्नुभएको छ।

           ब्राजिल, अमेरिका, बेलायत, सिंगापुर, टान्जानिया, रुस जस्ता मुलुकका चीनस्थिति कुटनीतिज्ञहरुले लाह्साको स्थलगत निरीक्षण गर्नुभएको छ। निरीक्षण टोलीले लाह्सा पुगेपछि पहिले नै लाह्साको पैचिंग चुंग लु भन्ने सडकमा पर्ने यी ठुन भन्ने लुगा पसलमा आगजनी गरिएपछिको भस्म हेरेका थिए। त्यस लुगा पसलको घटनाका क्रममा पाँचवटी केटीको ज्यान गएको छ।

            तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष सिंन्गबा पुन्चोंगले निरीक्षण टोलीका सदस्य समक्ष अवैध व्यक्तिहरुको हिंसात्मक गतिविधि तथा तिब्बत स्वायत्त प्रदेशले यस घटनालाई शान्त पार्न र सामाजिक परिपाटीलाई पुनः ठीक गर्न कानून बमोजिम अंगालेको सम्बन्धित कदमबारे जानकारी गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040