china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताद्बारा मार्च अठाइस तारिख दलाईले सारा विश्वका चिनियाँ मूलका विदेशीलाई दिएको तथाकथित खुला पत्र बारे कुराकानी
    (GMT+08:00) 2008-04-01 17:52:33    

             चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याँग यूले आज पैचिंगमा बोल्दै मार्च अठाइस तारिख दलाईले सारा विश्वका चिनियाँ मूलका विदेशीलाई दिएको तथाकथित खुला पत्रको विषयलाई लिएर कुराकानी गर्नुभयो।

              प्रवक्ता च्याँगले भन्नुभयो- वितेका पचास वर्षदेखि यता दलाई गूटले तथाकथित "तिब्बतको स्वतन्त्रता"का लागि इतिहासलाई बंग्याउने, जातीय अन्तर्विरोधलाई उक्साउने र चीनको सामाजिक स्थिरतालाई बिथोल्ने कुकर्म गर्दै आएको छ। हालै फेरि दलाई गूटले ल्हासा र अरु तिब्बती क्षेत्रहरुमा कूटपीट, लूटपाट, तोडफोड र आगजनी काण्ड मच्चएको थियो। यसले सर्वसाधारण जनताको धन-सम्पति र जीउ-ज्यानको सुरक्षामाथि गम्भीर आघात पुर्‍याएको छ र यसबाट समस्त चीनका विभिन्न जातिका जनतामा अत्यन्तै ठूलो रोष र आवेग उठेको छ । यसलाई अन्तर्राष्ट्रिय समाजले व्यापक रुपबाट त्यसको निन्दा पनि गरेको छ। यस घटनाले विश्वका जनताका सामु दलाई गूटले सधैं फलाकिहिंडेको  " अहिंसा"को पाखण्डी चेहरालाई फेरि एक पटक छर्लंग पारेको छ। अकाट्य प्रमाणका सामु दलाईले झुठो लबजहरु रखेर एउटा तथाकथित "अपील पत्र"मार्फत ल्हासामा गराइएको कूटपीट, लूटपाट, तोडफोड र आगजनी काण्डबाट आफूलाई छुटकारा लिन खोज्नु निरर्थक छ।

              प्रवक्ता च्याँग यूले अगाडि भन्नुभयो- दलाईले एकातिर बकबक गर्दै केन्द्रीय सरकारसित सम्पर्क गर्दै वार्ता गर्ने कुरा जपिरहेको छ भने अर्कोतिर उस्ले समाजमा फेरि भद्रगोल मच्चाउने प्रयाश गरेको छ। यसका अतिरिक्त विश्वका विभिन्न मुलुकका जनता र खेलाडीले उत्सुकताका साथ मुख ताकिरहेको पैचिंग ओलिम्पिक खेलकूदलाई गंजागोल गर्ने कर्तुत दलाईले गरिरहेको छ। यसले सम्पर्क र वार्ताको आधारलाई नराम्ररी भताभुंग पारिदिएको छ। दलाईले साँच्चि नै केन्द्रीय सरकारसित सम्पर्क र वार्ता गर्न र मातृभूमिको विशाल परिवारमध्येको एक बन्न चाहने हो भने सबै कूटपीट, लूटपाट, तोडफोड र आगजनीलाई उक्साउने सबै हिंसात्मक विध्वंशकारी गतिविधिलाई अबिलम्ब नै रोकिहाल्नुपर्दछ, पैचिंग ओलिम्पिक खेलकूदमाथिको सबै गंजागोलका कुकर्मलाई अबिलम्ब नै बन्द गर्नुपर्छ र तिब्बतलाई मातृभूमिबाट अलग्याउन खोज्ने सबै गतिविधिलाई अबिलम्ब रोक्नुपर्दछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040