china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतको मानवअधिकारलाई हेर्न "रँगीन चश्मा" नलगाऊः सिंग व्हा समाचार समितिको टिप्पणी लेख
    (GMT+08:00) 2008-04-01 17:12:10    

            चीनको सबैभन्दा ठूलो समाचार समिति सिंग व्हा समाचार समितिले आज लेखकको नाउँसहित एक लेख छाप्दै तिब्बतको मानवअधिकारलाई हेर्न "रँगीन चश्मा" नलगाउने कुरा उल्लेख गरेको छ।

            सो लेखमा भनिएको छ- लामो कालदेखि यता कुनै पश्चिमी व्यक्तिहरुले पुर्वग्रही रुपमा "रँगीन चश्मा" लगाएर दोहोरो मापदण्ड अनुसार तिब्बतको तथाकथित मानवअधिकारमाथि दोषारोपण गरेका छन्। ल्हासाको मार्च चौध घटनापछि उनीहरुले फेरि अरु वेला झैं कालोलाई सेतो बनाउने जस्ता धेरै अनुत्तरदायी वाक्य निकालेका थिए। अन्तर्राष्ट्रिय क्षेत्रमा अव्यवहारीक मनसाय लिएका केही मानिसले तथाकथित मानवअधिकारको झण्डा उचालेर हुल्याहाहरुले मच्चाएको कूटपीट, लूटपाट, तोडफोड र आगजनी जस्ता कुकर्म "शान्तिपूर्ण जुलूस" हो भनेर भनेका छन् र चीन सरकारले ऐन बमोजिअ सर्वसाधारणको जनधनको संरक्षण गर्ने र सामाजिक परिपाटीको संरक्षण गर्ने कारवाईलाई "दवाव"को रुपमा लिएका छन् भनि लेखमा सप्रमाण उद्दृत गरिएको छ।

             सो लेखमा उल्लेख गरिएको छ- अकाट्य तथ्यहरुबाट प्रमाणित भइसकेको छ मार्च चौध ल्हासामा भएको कूटपीट, लूटपाट, तोडफोड र आगजनी जस्ता घटना नै मानव अधिकारको पुर्ण रुपमा हनन गरिएको हिंसात्मक आपराधी कुकर्म हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040