
सिंग व्हा समाचार समितिले आज एक टिप्पणी लेख प्रकाशित गर्दै पहिले, अहिले वा भविष्यमा जहिलेसुकै पनि तिब्बत सदासर्वदा चीनको एक अखण्डनीय भाग रहेको कुरा उल्लेख गरेको छ।

सो टिप्पणी लेखमा भनिएको छ- मार्च चौध ल्हासामा गराइएको हिंसात्मक काण्डबाट मानिसहरुले मातृभूमिलाई टुक्याउन खोज्ने दलाईको स्वभाव देखिसकेका छन्।

सो टिप्पणी लेखका अनुसार- सात सय वर्षभन्दा अघिको युआन राजवंशदेखि तिब्बत औपचारिक रुपमा चीनको नक्सामा गाभ्न थालिएको थियो। सन् 1368 मा मिंग राजवंशले युआन राजवंशपछि तिब्बतको संचालन गर्ने अधिकार निरंतर रुपमा हातमा लिएको थियो। सन् 1949 मा केन्द्रीय जन सरकार र तिब्बतको स्थानीय सरकारका प्रतिनिधिबीच तिब्बतको शान्तिपूर्ण मुक्ति सम्बन्धी अनेकन् विषय बारे सम्झौता सम्पन्न भएको हो। त्यसपछि सन् 1965 मा तिब्बत स्वायत्त प्रदेशको स्थापना भयो। तिब्बत शुरुदेखि नै चीनको एक अखण्डनीय भू-भाग रहेको कुरा तथ्यबाट प्रमाणित भइसकेको छ।
|