china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पाकिस्तानको ओलम्पिक खेलकुद समितिका अध्यक्षद्वारा पैचिङ ओलम्पिक खेलकुदको तयारी कार्यको प्रशंसा गरिएको विषयको पहिलो भाग
    (GMT+08:00) 2008-04-01 08:46:00    

            पाकिस्तान चीनको असल छिमेकी मुलुक हो। दुवै मुलुक बीचको राम्रो राजनीतिक तथा आर्थिक सम्बन्ध रहेको छ भने दुवै मुलुकले खेलकुद क्षेत्रमा पनि प्रभावकारी सहयोग गरेका छन। पैचिङ ओलम्पिक खेलकुद नजीकिंदै आएको शिलशिलामा पाकिस्तानले पैचिड ओलम्पिक खेलकुदलाई झन् झन् बढी ध्याना दिंदै आएको छ। हाम्रा सम्वाददाले हिजो पाकिस्तानको ओलम्पिक खेलकुद समितिका अध्यक्ष आरिफ हासनसँग विशेष कुराकानी गरेका थिए। श्री आरिफ हासनले पैचिङ ओलम्पिक खेलकुदको तयारी कार्यको उच्च मूल्यांकन गर्नुभयो। उहाँ भन्नुहुन्छ,

          एउटा विशेषणद्वारा पैचिङ ओलम्पिक खेलकुदको तयारी कार्यबारे बयान गरेको खण्डमा मैले "निकै राम्रो" भन्ने छु। चिनियाँहरुले निकै उत्कृष्ठ कार्य गरेका छन। तिनीहरुले गरेको तयारी कार्य देख्दा हामीलाई पनि गौरव लागेको छ। हाम्रो देश र चीन बीचको सम्बन्ध घनिष्ठ छ। चिनियाँहरुले यस्तै राम्रो कुरा गरेका कुरा हामी आफैंले गरेका जस्ता लाग्छ। चिनियाँहरुको भाग्य राम्रो रहोस्।

          पाकिस्तानको ओलम्पिक खेलकुद समितिको गठन सन् 1948 मा भएको थियो। त्यस समिति र चिनियाँ ओलम्पिक खेलकुद समिति बीचको दिर्घकालीन अवधिसम्मको सहयोगी सम्बन्ध छ। उनान्तीसौं ओलम्पिक खेलकुदको आयोजना पैचिङमा हुनेछ। जसले दुइ मुलुकको ओलम्पिक खेलकुद समिति बीचको घनिष्ठ सहयोगका लागि अर्को अवसर प्रस्तुत गरेको छ। श्री आरिफ हासनले दुइ मुलुकका ओलम्पिक खेलकुद समिति बीचको सहयोगप्रति सन्तोष व्यक्त गर्नुभयो। उहाँ भन्नुहुन्छ,

          पाकिस्तानको ओलम्पिक खेलकुद समिति तथा चिनियाँ ओलम्पिक खेलकुद समिति बीचको घनिष्ठ सहयोग छ। पैचिङले ओलम्पिक खेलकुदको तयारी गर्नुअघि त्यस प्रकारको सहयोग शुरु भएको थियो। चीनले पाकिस्तानको खेलकुद कार्यका लागि धेरै सघाउ उपलव्ध गराएको छ। तीमध्ये पौडी, टेबल टेनिस लगायत खेलमा हामीलाई तालिम दिइएको कुरा समावेश छन। हाम्रो बीचको सहयोग भइरहेको छ। अब पैचिङ ओलम्पिक खेलकुदका लागि हामी र चिनियाँहरु बीचको अझ घनिष्ठ सम्पर्क रहेको छ।

          थाहा भए अनुसार, पैचिङ ओलम्पिक खेलकुद संयोजन समितिका कार्यकारी उपाध्यक्ष च्यांग श्याउ युको यस पटकको पाकिस्तान-भ्रमणको महत्वपूर्ण कार्य पाकिस्तानसँग ओलम्पिकको राँको पाकिस्तानमा रिले गर्ने कार्यक्रमबारे छलफल गर्नु हो। पाकिस्तानको राजधानी इस्लामावादमा ओलम्पिक राँको पार हुने शहरहरुमध्येको एक हो। पाकिस्तानले राँकोको रिले कार्यक्रम सुचारु रुपमा चाल्नका लागि प्रशस्त प्रयास गरेको छ। श्री आरिफ हासन यसबारे जानकारी दिंदै भन्नुहुन्छ,

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040