चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्यांग युले आज नियमित पत्रकार सम्मेलनमा बोल्दै चीन सरकार र चिनियाँ जनताले ओलम्पिक खेल्कुदको तयारी कार्यमार्फत ओलम्पिक भावना प्रचार-प्रसार गरी ओलम्पिक खेल्कुदको विकासलाई बढाउनका लागि सक्रिय योग्दान गर्ने आशा गरेको कुरा व्यक्त गर्नुभयो।
ओलम्पिक खेल्कुद समारोह सारा विश्वका जनताको भव्य खेल्कुद समारोह मात्र नभई विश्वका विभिन्न मुलुकका जनताले मित्रतालाई बढाउन र आदानप्रदान तथा सहयोगलाई सबल पार्ने मुख्य चौतारो हो भन्ने कुरामा पनि उहाँले जोड दिनुभयो।
|