
मे एक तारिखदेखि चीनको तिब्बत स्वायत्त प्रदेशको पर्यटन बजार मे एकदेखि सर्वतोमुखी रुपमा पुनःशुरु भएको छ।
हालै ल्हासाको उत्पादन र जीवन सम्बन्धी अनुशासनको क्रमशः सामान्य पुनर्स्थापना गरिनुका साथै तिब्बती पर्यटन विभागले क्रमशः स्वदेशी विदेशी ट्राभल एजेन्सी र यात्रुहरुबाट तिब्बतको पर्यटन सम्बन्धी विषयबारे टेलिफोनमार्फत सोध्न गरीएको छ। यसै विषयलाई लिएर तिब्बत स्वायत्त प्रदेशका पर्यटन विभागीय प्रमुख तानोरले भन्नुभयो- तिब्बतमा पर्यटन व्यवसायमा लागेका व्यक्तिहरुको संख्या एक लाख पचास हजार छ। तिनीहरुको खानपिन र उठबस पर्यटन कार्यमा भर पर्नुपर्दछ। त्यसैले यस कार्य धेरै समयसम्म रोकेमा तिनीहरुको सामान्य जीवनचर्यामा असर पर्न सक्नेछ।
|