china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपालका लागि चिनियाँ राजदूत चङ्ग स्याङ्ग लिनले नेपाल र चीनबीचको प्रगाढ सम्बन्ध सानातिना समस्याबाट प्रभावित नहुने बताउनुभएको छ
    (GMT+08:00) 2008-04-03 21:13:25    

            गत मार्च 14 तारिखका दिन तिब्बतको सदरमुकाम ल्हासामा केहि आपराधिक समूहारा मच्चाइएको हत्या, आगजनी, लुटपाट र तोडफोडका सम्बन्धमा नेपालस्थित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिहरुलाई सत्यतथ्य जानकारी गराउने उद्देश्यले आज आयोजित पत्रकार सम्मेलनमा राजदुत चङ्ग स्याङ्ग लिनले सो विचार व्यक्त गर्नुभएको हो ।

                 राजधानी काठमाडौंमा स्वतन्त्र तिब्बतको नारा लगाउँदै केही तिब्बती शर्णार्थीहरुद्बारा केहि दिनयता गरिएको प्रदर्शन रोक्न नेपाल सरकारले देखाएको प्रतिबद्धता र नेपालको एक चीन नीतिको चीनले सदा समर्थन गरेको बताउँदै राजदुत चङ्ग स्याङ्ग लिनले प्रदर्शनमा सहभागी हुनेहरु आफ्नो बुद्धि विवेकबाट नभएर चीनको स्वतन्त्रता, सम्पन्नता र स्थायी शान्तिका विरोधीहरुको उक्साहटमा लागेर प्रदर्शनमा उत्रिएको दाबी गर्नुभयो ।

                राजदुत चङ्ग स्याङ्ग लिनले तिब्बतको विकास र तिब्बती जनताको समृद्धिका लागि चीन सरकारले गरेका उच्चतम लगानीबाट अत्तालिएर, दलाई लामाले शान्तिको वकालत गर्दै राजनीति गरी आपराधिक समूहमाफत् तिब्बती शान्ति र विकासमा अवरोध खडा गर्ने उद्देश्यले मार्च 14 का दिन ल्हासामा विध्वंस मच्चाएको समेत बताउनुभयो ।

                पत्रकार सम्मेलनमा राजदुत चङ्ग स्याङ्ग लिनले नेपाली सञ्चारमाध्यमहरुले न्यायपूर्ण, स्वतन्त्र र निष्पक्ष समाचार सम्प्रेषण गरी यथार्थता नबुझी प्रदर्शनमा उत्रिएकाहरुलाई सचेत गराउन समेत आग्रह गर्नुभयो ।

    रमेशकुमार भट्टराई

    सी.आरआई

    काठमाडौं

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040