
आज बिहान स्थानीय समय अनुसार पैचिंग ओलिम्पिकको पवित्र ज्योति रिले कार्यक्रम रुसको दोश्रो ठूलो शहर सैन्ट पेटरसवर्गमा शुरु भयो। ओलिम्पिक दियो बोक्ने प्रथम व्यक्ति एवँ भूतपूर्व सोभियत खेलाडी गालेना जिबिनाले दियो उचालेर आरम्भ बिन्दु विजय चोकबाट प्रस्थान गरे।

थाहा भए अनुसार पवित्र ज्योतिको रिले गर्ने दूरी बीस किलोमीटरको छ र जम्मा असीजना व्यक्तिले बोकेर दौड्ने कार्यक्रम छ। ओलिम्पिक दियो अन्तिम बिन्दु हिउँदकालीन दरवार चोकमा पुर्याइएपछि कतारोमा प्रज्वलन गरिने र त्यहाँ भव्य हर्षबढाइं समारोहको आयोजना गरिने कार्यक्रम छ।

|