china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ल्हासाका विभिन्न जातिका नरनारीहरुद्बारा माया र सदिच्छा प्रकट
    (GMT+08:00) 2008-04-05 19:08:45    

            बसन्तकालीन वातावरणमा डुबेको ल्हासा शहरमा जताततै ताजा फूल र हरिया भरिया रुख पातहरुले भरिपूर्ण छ। ल्हासाका विभिन्न जातिका नरनारीहरुले मार्च चौधमा भएको गम्भीर हिंसात्मक घटनाबाट भत्केको भग्नावशेष थलोहरुको सफा सुग्घर गर्दै माया र सदिच्छा देखाउँदै मनमा खाएको धक्का र चोटलाई साम्य पार्ने प्रयास गरिरहेका छन्।

             मार्च उनन्तीस तारिखदेखि ल्हासा शहरले "साझा कार्यकलाप चलाऊ, जीवनको पुनर्स्थापना गर" भन्ने चन्दा उठाउने गतिविधिको आयोजना गर्न थालेको थियो। उक्त गतिविधिले विभिन्न पक्षबाट हार्दिक समर्थन पाएको छ।

             मार्च चौध घटनामा तिब्बती डाक्टर लोसाँग टसेरिंगले हान जातिको केटोलाई बचाएको कारण हुल्याहाहरुको कूटपीट खाएर चोट लागेको हृदयस्पर्शी तथ्यबाट तमाम ल्हासा शहरलाई प्रभावित पारियो। मानिसहरु लगातार अस्पतालमा डाक्टर लोसाँग टसेरिंगलाई हेर्न गएका छन् र उहाँलाई चढाएको ताजा फूल उहाँ बस्नुभएको कोठाभित्र थुपारिएको छ।

              उक्त हिंसात्मक घटनामा आगो लागेर ज्यान गुमाउनुपरेका पाँचजना केटीको अन्त्येष्टि गरिनुभन्दा अघिको हरेक दिन तिब्बत र भित्री प्रदेशबाट गएका धेरै नरनारीहरुले उनीहरु काम गरेको इ छुन पोशाक पसलअगाडि शोक- श्रद्धान्जली चढाएका थिए।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040