china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    इतिहासको सिंहावलोकन गर्दा दलाइका करनी र कथनीमा दुइजना मानिस भएजस्तो
    (GMT+08:00) 2008-04-06 18:51:09    

             चीनको राष्ट्रिय सम्वाद समिति अर्थात् सिन्व्हा सम्वाद समितिले आज छ तारिखका दिन एउटा लेख प्रकाशित गरी इतिहासको अध्याय खोली तिब्बतको शान्तिपूर्ण मुक्तिको थाल्नीताका दलाइका करनी र कथनीको सिन्हावलोकन गर्दा यी कुरा दुईजना मान्छेले गरेको जस्तो भएको कुरा उल्लेख गरेको छ।

             सन् 1951 मा चीनको केन्द्रीय सरकार र तिब्बतको स्थानीय सरकारबीच एउटा सम्झौता सम्पन्न भएको थियो। उक्त सम्झौताका अनुसार, तिब्बतमा जातीय स्वायत्त प्रदेशको स्थापना गरी तिब्बत क्षेत्रसितका वैदेशिक समस्याहरुको समाधान केन्द्रीय सरकारले गर्ने व्यवस्था छ।

             सन् 1954मा दलाइले पैचिङ्गमा आयोजित पहिलो राष्ट्रिय जन-कांग्रेसको महाधिवेशनमा भाग लिई त्यस अवसरमा सम्बोधन गर्दै तिब्बतीहरुले आ-आफ्नो व्यवहारबाट धार्मिक विश्वासको स्वतन्त्रताको महसुस गर्दैआएका छन् भनेको थियो। उक्त जन-कांग्रेसको महाधिवेशनमा दलाइ जन-कांग्रेसको स्थायी समितिका उपाध्यक्ष निर्वाचित भएको थियो।

             तिब्बतको शान्तिपूर्ण मुक्तिअघि सामन्ती भूदास व्यवस्था लागू भएको थियो। त्यस बेला तिब्बतका उच्च स्तरका शासन गूटका केही व्यक्तिहरुले सुधारको विरोध गरेकोले सन् 1959मा तिब्बती प्रतिक्रियावादी दास-मालिकहरु र चीन विरोधी विदेशी शक्तिहरुले साँठगाँठ गरेर ल्हासामा उपद्र मच्चाएका थिए र उपद्रका नाइकेहरुले दलाइलाई अपहरण गरी भारत पुर्‍याएका थिए।

             दलाइ विदेशमा भागेर गएपछि चीनको केन्द्रीय सरकारले उनको पदावधि अरु पाँच वर्षसम्म लम्ब्याएको थियो। तर चीन विरोधी विदेशी शक्तिहरु र पृथकवादीहरुको उक्साइमा दलाइले आफ्नो देशप्रेमी अडान र धारणाहरुलाई पूराकापूरै त्यागेर खुल्लमखुल्ला "तिब्बत स्वतन्त्र देश हो" भनेर फुक्दैहिंडेको छ र मातृ-भूमिलाई फुटाउने प्रशस्त कुकर्महरु गर्नथालेको छ। यसरी हेर्दा पहिले बोल्दे दलाइ र अहिले गर्ने दलाइ दुइजना मानिस जस्तै छ‍न।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040