china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अन्तर्राष्ट्रिय ओलम्पिक समितिका उच्च स्तरीय अधिकारी र धेरै मुलुकका राष्ट्रनायकबाट पेइचिङ्ग ओलम्पिकलाई बहिष्कार गर्ने कुराको विरोध
    (GMT+08:00) 2008-04-07 09:18:48    
          अन्तर्राष्ट्रिय ओलम्पिक समितिका उच्च स्तरीय अधिकारी र धेरै मुलुकका राष्ट्रनायकहरुले पेइचिङ्ग ओलम्पिकलाई राजनीतिकरण गर्ने कुरा र पेइचिङ्ग ओलम्पिकलाई बहिष्कार गर्ने कुराको विरोध गर्नुभएको छ।

          ओलम्पिक खेलकुदको आयोजना गर्ने अधिकार पेइचिङ्गलाई दिएको कुरा एउटा उपयुक्त छुनौट हो भन्दै अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष जाख्वेस रोगले अस्ति सिंगापूरमा अन्तर्राष्ट्रिय ओलम्पिक समितिलाई अफसोस नलागेको विचार व्यक्त गर्नुभएको छ। उहाँले पेइचिङ्ग ओलम्पिक समितिद्बारा गरिएको ओलम्पिक खेलकुदको तयारी कार्यप्रति संतोष पनि व्यक्त गर्नुभएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक समितिअन्तर्गत 29औं ओलम्पिक समन्वय समितिका अध्यक्ष हेयन भेर्ब्रुगेनले पनि पेइचिङ्ग ओलम्पिकलाई राजनीतिकरण गर्ने कुराको कडा विरोध गर्नुभएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक समितिका मानार्थ अध्यक्ष सामारान्चिले दुइ तारिखका दिन तिब्बती मामिलाको खेलकुदसँग कुनै सम्बन्ध नभएको कुरा बताउनुभएको छ।

          बेलायत सरकारमा ओलम्पिक मामिलासम्बन्धी अधिकारी जोवेल्लले अस्ति हेच्रो विमान स्थलमा पेइचिङ्ग पवित्र ज्योतिको स्वागत गर्दै बेलायत सरकारले ओलम्पिकलाई बहिष्कार नगर्ने ठहर अवश्य नै लिएको कुरा बताउनुभयो। फ्रान्सेली सांसद एवम् भूतपूर्व युवा तथा खेलकुद मन्त्री जेन फ्रान्कोइस लामोरले दुइ तारिख पेरिसमा बोल्दै धेरै मानिसले तिब्बतबारे जानकारी नलिएकाले पेइचिङ्ग ओलम्पिक खेलकुदलाई बहिष्कार गरेमा गलती हुने विचार व्यक्त गर्नुभयो। बेरारुसका राष्ट्रपति अलेक्सान्देर लुकाचेन्कोले तीन तारिखमा एउटा वक्तव्य प्रकाशित गरेर ओलम्पिक खेलकुदलाई बहिष्कार गर्ने कुरा गैर-रचनात्मक गतिविधि भएको विचार व्यक्त गर्नुभएको छ।

          त्यसबाहेक नर्वे, अस्टेलिया, जापान आदि मुलुकका राष्ट्रनायकले पेइचिङ्ग ओलम्पिकलाई बहिष्कार गर्ने गतिविधिको विरोध गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040