china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन-अमेरिका सम्बन्धमा आँच पुर्‍याउने काम नगरः चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता
    (GMT+08:00) 2008-04-07 12:05:58    

             चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याँग यूले आज पैचिंगमा बोल्दै चीनले तथ्यको कदर गर्दै पूर्वाग्रहलाई एकातिर पन्छाई दलाई गूटको साँचो चेहरालाई प्रष्टसँग देख्न, तिब्बतसित सम्बन्धित विध्येयकलाई अगाडि बढाउने काम बन्द गर्न र चिनियाँ जनताको भावनामा आघात पुर्‍याउने अनि चीन-अमेरिका सम्बन्धमा आँच पुर्‍याउने काम नगर्न अमेरिकी कांग्रेसका सम्बन्धित सांसदलाई आग्रह गर्नुभयो।

             थाहा भएअनुसार, अमेरिकी प्रतिनिधि सभाका सभामुख पेलोसीले हालै एउटा प्रस्ताव प्रस्तुत गर्दै चीन सरकारसँग तिब्बतमाथि " दमन चक्र" नगर्न र दलाईसित सारगर्भित कुराकानी गर्न आव्हान गर्नुभएको छ। प्रवक्ता च्याँग यूले पत्रकारको सम्बन्धित प्रश्नको उत्तर दिंदा उक्त कुरा बताउनुभएको हो।

             प्रवक्ता च्याँगले भन्नुभयो- अमेरिकी प्रतिनिधि सभाका थोरै संख्याका सांसदहरुले प्रस्तुत गरेको प्रस्तावमा ल्हासामा कूटपीट, लूटपाट, तोडफोड र आगजनी गरेका हुल्याहाहरु तथा उक्त हिंसात्मक घटनाको पछाडि लुकेर रचना र संगठन गरेको दलाई गूटको निन्दा गर्नुको सट्टा बरु उल्टै आफ्नो भालाको टुप्पो चीन सरकार र चिनियाँ जनतामाथि सोझ्याएको रहेछ। यो पूराका पूरै कालोलाई सेतो बनाएर दागी मनसाय लिएर गरिएको काम कर्तुत हो।

             दलाईले "तिब्बतको स्वतन्त्रता" भन्ने अडानलाई साँचो रुपमा छोडेर तिब्बत र थाइवान चीनको अखण्डनीय भाग भएको कुरालाई मानेको खण्डमा उनीसित सम्पर्क गर्न चीनको केन्द्रीय सरकार इच्छुक रहेको कुरा पनि प्रवक्ता च्याँगले बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040