
लण्डनका प्रहरीले आज ओलम्पिकको राँको रिले कार्यक्रमलाई बिथोल्नखोज्ने अल्पसंख्याका "तिब्बतको स्वतन्त्रता पक्षधर तत्व"लाई पक्राउ गरेको छ। "तिब्बतको स्वतन्त्रता पक्षधर तत्व"को त्यस्तो दुष्ट कर्तुतप्रति धेरै स्थानीय बासिन्दाहरुले अत्यन्तै रोष व्यक्त गरेका छन।

पैचिंग ओलम्पिक खेलकुद तयारी समितिका सम्बन्धित प्रवक्ताले पनि त्यसको कडा शब्दमा निन्दा गर्दै भन्नुभयो- ओलम्पिक खेलकुदको पवित्र राँको सारा विश्वका जनताको हो र औंलामा गन्नसकिने थोरै संख्याका व्यक्तिले हाक्काहाक्की ओलम्पिक खेलकुदको भावनालाई हाँक दिएको कुकर्म जन-इच्छा विपरित छ। यसबाट शान्तिप्रेमी र ओलम्पिकको उद्देश्यका समर्थक मानिसहरुमा कडा क्रोध जगाइने छ र त्यो पक्कै पनि विफल हुने छ।
|