china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    "तिब्बतको स्वतन्त्रता पक्षधर तत्व"बाट ओलम्पिकको राँको रिले कार्यक्रमलाई बिथोल्नखोजिएको गतिविधिको चीनद्बारा कडा निन्दा
    (GMT+08:00) 2008-04-08 09:42:56    

          लण्डन र पेरिसमा "तिब्बतको स्वतन्त्रता पक्षधर समुह"ले ओलम्पिकको राँको रिले कार्यक्रमलाई बिथोल्नखोजेको गतिविधिको चीनले कडा निन्दा गरेको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याङ्ग युले आज पेइचिङ्गमा एक प्रश्नको उत्तर दिंदै उक्त कुरा बताउनुभएको हो।

          पेइचिङ्ग ओलम्पिक खेलकुद विश्वव्यापी जनताको संयुक्त खेलकुद भव्य समारोह हो र ओलम्पिक राँको विश्वव्यापी जनताको राँको हो भन्ने कुरा सुश्री च्याङ्ग युले बताउनुभयो। बेलायत र फ्रान्सका सर्वसाधारणको सौहार्दपूर्ण स्वागतमा अस्ति र हिजो ओलम्पिक राँको रिले कार्यक्रम सुरक्षित रुपमा सम्पन्न भयो।

          सुश्री च्याङ्ग युका अनुसार, "तिब्बतको स्वतन्त्रता पक्षधर समुह"ले ओलम्पिकको भावना र बेलायत तथा फ्रान्सको ऐनको वेवास्त गरेर ओलम्पिकको राँको रिले कार्यक्रमलाई बिथोल्नखोजेको गतिविधिको चीनले कडा निन्दा गरेको छ। उक्त निर्लज्जतापूर्ण गतिविधिले ओलम्पिकको पवित्र भावनाको बदनाम गर्नुका साथै विश्वव्यापी ओलम्पिक खेलकुद मन पराउने मानिसहरुलाई दिएको चुनौती हो। ओलम्पिक राँको प्रज्वलन गरेर विश्व भातृत्वका लागि विश्व परिक्रमाको क्रममा रहेको ओलम्पिक द्विपले फैलाउने ओलम्पिकको भावना र "शान्ति, मित्रता तथा प्रगति"को भावनालाई कुनै पनि मानिसहरुबाट रोक्न नसक्ने विश्वास चीनले गरेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040