
चिनियाँ सांस्कृतिक मन्त्रालयले आज पैचिंगमा पत्रकार सम्मेलनको आयोजना गर्दै 2008 पैचिंग ओलम्पिक खेलकूदका महत्वपूर्ण सांस्कृतिक गतिविधिको बन्दोबस्त सार्वजनिक गरेको छ।
सहायक संस्कृति मन्त्री तिंग वैका अनुसार यस वर्षको मार्चदेखि सेप्टेम्बरसम्म असीवटाभन्दा बढी मुलुक र क्षेत्रका दुइ सय साठी थान वरिष्ठ कार्यक्रम र करीब एक सय साठी पटक सूक्ष्म कला प्रदर्शनीको आयोजना पैचिंगमा गरिने छ। बीस हजारभन्दा बढी चिनियाँ र विदेशी कलाकारहरुले अभिनय गर्ने र प्रदर्शनीमा भाग लिनेछन। यो यस वर्ष पैचिंगमा आयोजित हुने सबैभन्दा ठूलो पैमानाको, सबैभन्दा उच्च स्तरको र लगातार सबैभन्दा लामो समयसम्म रहने सांस्कृतिक भव्य घटना हुनेछ।
|