china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    छ-पक्षीय वार्तासम्बन्धी अमेरिका र उत्तर कोरियाबीचको वार्ताबाट सक्रिय उपलव्धि हासिल हुने चीनको अपेक्षा
    (GMT+08:00) 2008-04-08 18:55:45    

              चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याँग युले सिंगापुरमा आयोजित कोरियाली प्रायद्वीपको आणविक समस्यासम्बन्धी अमेरिका र उत्तर कोरियाका छ-पक्षीय वार्ता प्रतिनिधिमण्डलका प्रमुखबीचको वार्ताबाट सक्रिय उपलव्धि हासिल हुने अपेक्षा चीनले गरेको कुरा बताउनुभएको छ। आज पेइचिँगमा आयोजित नियमित पत्रकार सम्मेलनमा उहाँले उक्त कुरा वताउनुभएको हो।

              चीनले छ-पक्षीय वार्तासम्बन्धी विभिन्न पक्षले आदान-प्रदान र सल्लाह गरी छ-पक्षीय वार्ता र प्रायद्वीपलाई आणविक अस्त्ररहित क्षेत्र बनाउने प्रक्रियालाई अघि बढाउनका लागि समर्थन गरिरहेको कुरा पनि उहाँले बताउनुभयो।

              चीनका उप-परराष्ट्रमन्त्री ऊ ता वीले नौ तारिखका दिन पेइचिँगमा अमेरिकाका उप-विदेशमन्त्री हिलसँग भेट गरी अमेरिका-उत्तर कोरिया वार्तामा भएको उपलव्धिबारे जानकारी लिनुका साथै हाल छ-पक्षीय वार्ताको परिस्थिति र आगामी चरणको कार्यबारे अमेरिकासँग वैचारिक आदान-प्रदान गर्नुहुने कुरा पनि प्रवक्ता च्याँग युले वताउनुभयो। यस बाहेक दक्षिण कोरिया र जापानका छ-पक्षीय वार्ता प्रतिनिधिमण्डलका प्रमुखहरु वार्तामा भएको उपलव्धिबारे जानकारी लिनका लागि पेइचिँग आउनुहुने कुरा पनि उहाँले बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040