
चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याङ युले आज पैचिङ्गमा बोल्दै चीन सरकारले तिब्बतमा लागू गरेका विविध नीतिहरुको व्याख्या गर्नुभएको छ।

उहाँका अनुसार, सर्वप्रथम चीन सरकारले तिब्बतमा लागू गरेको जातीय क्षेत्रको स्वशासन अवस्था हो। यो अवस्थाले विभिन्न क्षेत्रमा तिब्बती नागरिकहरुको हक-अधिकारलाई पूर्णरुपमा प्रत्याभूत गर्नुका साथै अल्पसंख्यक जाती भएका उनीहरुले कानून तथा नीतिबाट सुविधा पाएका छन। दोस्रो कुरा, चीन सरकारले तिब्बतमा गरेको सम्पूर्ण देशद्बारा उद्धार गरिने विशेष नीति हो। तिब्बतको विकासका क्रममा देश तथा विभिन्न तहका स्थानीय सरकार एवम् संस्थाले विभिन्न क्षेत्रबाट ठूलो उद्धार गर्दैआएका छन। तेस्रो, चीन सरकारले तिब्बतमा लागू गरेको धार्मिक विश्वासको स्वतन्त्र नीति हो। विविध धार्मिक कारवाहीले तिब्बतमा कानूनी प्रत्याभूत पाउँछन। चौथो, चीन सरकारले तिब्बतको संस्कृतिको संरक्षण, विकास तथा त्यसलाई समृद्ध पार्ने नीति अँगाल्दैआएको छ।
|