चिनियाँ अन्तर्राष्ट्रिय रेडियो अर्थात हाम्रो रेडियो र पैचिङ्ग श चिङ शान ट्राफिक प्रहरी टोलीको संयुक्त तत्वावधानमा "सुरक्षित ओलम्पिक खेलकूद, यातायातसम्बन्धी वैदेशिक सेवा" नामक कार्यक्रम आयोजित गरिएको छ। हाम्रो रेडियोले भाषासम्बन्धी आफ्नो श्रेष्ठतामा आधारित पैचिङ्ग ओलम्पिक खेलकूदका लागि प्रस्तुत गरेको यो अर्को बहु-किसिमको दोभाषे स्वयंसेवा हो।
हाम्रो रेडियोले स्वयंसेवक पठाई पैचिङ्गको ट्राफिक प्रहरीलाई अंग्रेजी भाषाको तालिम दिनुका साथै ओलम्पिक खेलकूदका अवधिमा कार्यरत प्रहरीका लागि आवश्यक दोभाषे सेवा प्रदान गर्नेछ।
यस अघि, हाम्रो रेडियो र पैचिङ्ग ओलम्पिक संयोजन समितिका सम्बन्धित विभागबीच सम्पन्न सम्झौता वमोजिम, ओलम्पिक खेलकूदका अवधिमा ओलम्पिक खेलकूदका रङ्गशाला, खेलाडीहरु लगायत विविध क्षेत्रका लागि हाम्रो रेडियोले विभिन्न भाषामा दोभाषे सेवा प्रस्तुत गर्नेछ। त्यति बेला हाम्रो रेडियोका लगभग एक सयजना सहकर्मीले स्वयंसेवकको हैसियतले दोभाषे सेवा प्रदान गर्नेछन।
|