
विगत केही वर्षदेखि केन्द्रीय सरकारको ख्याल-विचार र समर्थन पाएर तिब्बत स्वायत्त प्रदेशले कृषि र पशुपालन व्यवसायको आधारभूत प्रबन्धहरुको निर्माण कार्यलाई निरन्तररुपमा सबल पार्ने काम गर्दैआएको छ। यसबाट किसान र पशुपालकहरुको आमदानी बढेको छ।
सम्बन्धित विभागबाट थाहा भएअनुसार, सन् 2003 देखि 2007 सम्मको अवधिमा तिब्बत स्वायत्त प्रदेशले कृषि र पशुपालन व्यवसायका आधारभूत प्रबन्धहरु र परियोजनाहरुको निर्माण कार्यका लागि जम्मा दुइ अरब तीस करोड चिनियाँ युआन लगानी गरेको छ।
सन् 2003 देखि तिब्बती किसान र पशुपालकहरुको प्रति व्यक्ति सरदर आमदानी लगातार पाँच वर्षसम्म दश प्रतिशतभन्दा बढीका दरले बढिरहेको छ।
|