स्थानीय समय अनुसार सात तारिखका दिन चीनभन्दा बाहिर पैचिंग ओलम्पिक खेलकूदको राँको रिले कार्यक्रमको पाँचौ मुकाममा रहेको फ्रान्सको पेरिसमा राँको रिले कार्यक्रम शुरु भएर बीचैमा औंलामा गन्नसकिने थोरै संख्याका तिब्बती स्वतन्त्रता पक्षधर तत्वहरुबाट गरिएको खल्बल्याइलाई पन्छाइएपछि सफलताका साथ सम्पन्न भयो।
स्थानीय समयअनुसार सात तारिख दिउँसो साढे बाह्र बजे पैचिंग ओलम्पिकको राँको पेरिसको द्योतकरुपी वास्तु एफेर टावरबाट पेरिसमा रहेको रिले कार्यक्रम थालिएको थियो। राँको बोक्ने प्रथम व्यक्ति फ्रान्सका पथमैदानका विश्व च्याम्पियनशीप स्टेफन दिआगाना हुन।
फ्रान्सका भूतपूर्व प्रधानमन्त्री जीन पिएरे राफारिनले रिले कार्यक्रमको दौड आरम्भ समारोहमा बोल्दै ओलम्पिक खेलकूदको राँको रिले कार्यक्रमले सारा संसारलाई ओलम्पिक महत्वाकांक्षाको शानदार कीरणमुनि नुहाउन लगाइएको विचार व्यक्त गर्नुभयो।
पेरिसको रिले कार्यक्रम भइरहेको बेला अल्प संख्याका तिब्बती स्वतन्त्रता पक्षधर तत्वहरुले प्रदर्शन गरी खल्बल्याउने कुकर्म गरेका थिए।
राँकोको रिले कार्यक्रम सम्पन्न भएपछि आयोजित बढाइँ समारोहलाई सम्बोधन गर्दै पैचिंग ओलम्पिक खेलकूद राँको रिले कार्यक्रमका प्रधान निर्देशक एवम् पैचिंग ओलम्पिक खेलकूद तयारी समितिका उपाध्यक्ष च्याँग श्याओ यूले ओलम्पिक खेलकूदको पवित्र ज्योति पेरिस पुर्याउनुको उद्देश्य ओलम्पिकको भावनालाई बढाउन फिंजाउन र चिनियाँ खेलाडी र जनताले ओलम्पिक खेलकूदप्रति देखाएको माया प्रदर्शित गर्नका लागि हो भन्नुभयो।
|