 थाहा भए अनुसार, पैचिङ ओलम्पिक खेलकुद संयोजन समितिका कार्यकारी उपाध्यक्ष च्यांग श्याउ युको यस पटकको पाकिस्तान-भ्रमणको महत्वपूर्ण कार्य पाकिस्तानसँग ओलम्पिकको राँको पाकिस्तानमा रिले गर्ने कार्यक्रमबारे छलफल गर्नु हो। पाकिस्तानको राजधानी इस्लामावादमा ओलम्पिक राँको पार हुने शहरहरुमध्येको एक हो। पाकिस्तानले राँकोको रिले कार्यक्रम सुचारु रुपमा चाल्नका लागि प्रशस्त प्रयास गरेको छ। श्री आरिफ हासन यसबारे जानकारी दिंदै भन्नुहुन्छ,
हामीले तयारी कार्य राम्रोसँग गरेका छौं। ओलम्पिकको राँको पाकिस्तान पुग्नुअघि तथा पैचिङ ओलम्पिक खेलकुदअघि हामीले अनेकन कार्यक्रमको आयोजनामार्फत पैचिङ ओलम्पिक खेलकुदको महत्वबारे जानकारी दिने छौं।

श्री आरिफ हासनले पैचिङ ओलम्पिक खेलकुदमा भाग लिन पाकिस्तानको तयारी अवस्थाबारे जानकारी दिनुभयो। उहाँका अनुसार, पाकिस्तानको हकी टोलीले पैचिङ ओलम्पिक खेलकुदमा भाग लिने हैसियत प्राप्त गरेको छ। ओलम्पिक खेलकुदको बोक्सिंग प्रतियोगिताको हैसियत प्राप्त गर्न सम्बन्धित प्रतियोगिता कजाकिस्तानमा आयोजना भइरहेको छ। पाकिस्तानका बोक्सिंग खेलाडी पैचिङ ओलम्पिक खेलकुदमा भाग लिने हैसियत प्राप्त गर्नसक्ने आशा उहाँले गर्नुभयो। हकी पाकिस्तानको टोलीको श्रेष्ठ खेल हो। श्री आरिफ हासनले पाकिस्तान त्यस खेलमा पदक प्राप्त गर्ने छ भन्ने आशा व्यक्त गर्नुभयो।
छिटै आयोजना हुन लागेको पैचिङ ओलम्पिक खेलकुदबारे चर्चा गर्दै श्री हासन भन्नुहुन्छ,
पैचिङ ओलम्पिक खेलकुद विश्वको सबैभन्दा राम्रो ओलम्पिक खेलकुद हुनसक्ने आशा हामीले गरेका छौं। चीनले वातावरणीय संरक्षण, विज्ञान तथा प्रबिधि र मानवलाई उच्च महत्व दिएको छ। त्यसैले "हरित ओलम्पिक, बैज्ञानिक तथा प्राबिधिक ओलम्पिक, मानविय ओलम्पिक" भन्ने सिद्धान्तको निर्देशनमा यस पटकको ओलम्पिक खेलकुद सबैभन्दा सफल ओलम्पिक खेलकुद हुने विश्वास हामीले गरेका छौं।

पाकिस्तानको ओलम्पिक खेलकुद समितिका अध्यक्षको हैसियतले श्री आरिफ हासनले पैचिङ ओलम्पिक खेलकुदलाई ठूलो ध्यान दिनुभयो। उहाँले विभिन्न तरिकामार्फत पैचिङ ओलम्पिक खेलकुदको सम्बन्धित अवस्थाबारे जानकारी लिनुभयो। पैचिङ ओलम्पिक खेलकुदको तत्स्थानमा पुगी यो भव्य खेलकुद हेर्नसक्ने आशा पनि उहाँले गर्नुभयो।
|