china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतमा भएको हिंसात्मक घटनाबारे युरोपका वेभ-साइटका ग्राहकको आवाजः "नक्कली कुरा"को स्वीकार गर्ने भन्नाइ सधैं ढिलो लाग्छ
    (GMT+08:00) 2008-04-09 16:34:55    

                    इटलीको वेभ-साइटका ग्राहक किसेपे चीनको तिब्बत स्वायत्त प्रदेशमा जानुभएको थियो। उहाँले वेभ-साइटमा भन्नुभयोः सन् 2007मा म तिब्बत गएको थिएँ, त्यहाँका जनताको जीवन धेरै शान्तिपूर्ण भएको मलाई लागेको छ। यस बाहेक उनीहरुको जीवनमा पनि धेरै सुधार भएको देखिन्छ। म तीन पटक तिब्बत गइसकेको छु। त्यहाँका राजमार्गको निर्माण राम्रोसँग व्यवस्थित हुँदैआएको छ र शहर पनि दिन प्रतिदिन सुन्दर हुँदैआएको देखिन्छ। तिब्बतमा गराइएको कुटपीट, लुटपाट, तोडफोड तथा आगजनीलगायतका हिंसात्मक घटनाका कारणले तिब्बतको शान्ति भङ्ग भएकोमा मलाई धेरै दुःख लागेको छ। सर्वसाधारणलाई लक्षित त्यस हिंसात्मक घटनाको म कडा विरोध गर्छु। आशा छ, भविष्यमा म फेरि तिब्बत फर्कँदा त्यहाँको जीवन फेरि शान्तिपूर्ण भएको देख्नपाउने छु।

                   जर्मनीको वेभ-साइटका ग्राहक बेर्द कोल्क्विचले सि आर आइ आन लाइको जर्मनी वेभ-साइटलाई पठाउनुभएको इ-मेलमा भन्नुभयोः मलाई अफ्सोस लागेको कुरा के हो भने जर्मनीमा"दोहोरो पक्ष"भन्ने मान्छेहरु छन्। विदेशका सन्दर्भमा उहाँहरु चीनको प्रादेशिक अक्षुण्णतालाई स्वीकार गर्नुहुन्छ, तर स्वदेशमा त्यसको विपक्षमा बस्नुहुन्छ र उल्टो नीतिको अवलम्बन गर्नुहुन्छ। जर्मनीका धेरैजसो सञ्चार माध्यमहरुले तिब्बतमा गराइएको उक्त घटनाको उद्देश्य चीनको समाजवादको विरोध गर्नुका साथै उक्त घटनाको निहुँमा पैचिङ्ग ओलम्पिकको विरोध गर्नु पनि हो।

                    अर्को लि नामक साइपसाइदका ग्राहकले सि आर आइ आन लाइको जर्मनी वेभ-साइटमा भन्नुभयोः यसै केही दिनमा जर्मनीको समाचार टेलिभिजन, जर्मनी टेलिभिजनको पहिलो चेनल, जर्मनी टेलिभिजनको दोस्रो चेनललगायतका विभिन्न सञ्चार माध्यमहरुले तिब्बतमा गराइएको हिंसात्मक घटनाबारे तथ्य कुरालाई बंग्याएर नक्कली कुरा गर्दैआएकोमा लाज लागेको छ। मेरो विचारमा, नक्कली कुरा बनाउँदै उनीहरुलाई पछुतो लाग्छ र अझ धेरै मान्छेहरुले सि आर आइ आन लाइको हेर्ने मेरो आशा छ।

                   जर्मनीका श्रोता मिर्को एलले हामीलाई एउटा पत्र पठाएर भन्नुभएको छः केही दिनदेखि यता विश्व समुदायले चीनको तिब्बतमा गराइएको हि‌सात्मक घटनामाथि बढी ध्यान दिंदैआएको छ। विदेशको गुप्तचर संस्था र शक्तिहरुले उद्देश्यमूलक तरिकाले यस पटकको घटना सिर्जना गरेको मैले ठहर गरेको छु। पैचिङ्ग ओलम्पिकको आयोजना हुने वर्ष चीनमा राजनैतिक अस्थिरता सिर्जना गर्नु उनीहरुको उद्देश्य हो। यसका साथै, अन्तर्राष्ट्रिय समाजमा चीनलाई एकलै पार्नखोज्नु पनि हो। मेरो आशा छः चीन सरकारले परिस्थितिलाई छिटै नियन्त्रणमा लिई चीनलाई डाँबाडोल पार्नखोज्ने केही विदेशी मुलुकको कुचेष्टामाथि प्रहार गर्नेछ।

                   जर्मनीका श्रोता हेर्मूथ माथले यस विषयबारे एउटा इमेल पठाउनुभएको छ। यस इमेल मा उहाँले भन्नुभयो: तिब्बत स्वायत प्रदेशमा गराइएको घटना सुन्दा मलाई तुरुन्तै थाहा भयो, यी कुरा केही मानिसहरुले निकट भविष्यमा आयोजना हुनलागेको पैइचिङ्ग ओलम्पिक खेलकुदलाई विथोल्नका लागि गरेको कुकर्म हो। यस घटनासम्बन्धी भनाइ र विभिन्न असत्य समाचार सारा विश्वमा छिटै प्रसारण गरिएको कुराबाट यस हिंसात्मक घटनाका पछाडी लुकेका उक्त नियन्त्रक व्यक्तिले मन लगाइनकन योजना गरेको कुरा देखापरेको छ। जर्मनी र विश्वका अन्य क्षेत्रका केही मानिसले चीनको विरोध गर्नुका साथै "स्वतन्त्र तिब्बत"को नाराको समर्थन गरेका छन। तर उक्त"स्वतन्त्र तिब्बत"के हो? कुनै पनि मानिसलाई थाहा छैन। यसका साथै हाल तिब्बतमा गराइएका सबै घटनाबाट मानिसले कुनै पनि राम्रो कुरा देखेका छैनन। यस हिंसात्मक घटनाबाट धेरै चिनियाँहरुको ज्यान जानुका साथै धैरै मानिस घाइते भएका छन। तर विश्वमा "स्वतन्त्र तिब्बत"को समर्थन गर्ने उल्लूहरुले यस कुरामा ध्यान दिएका छैनन। मैले CCTV4 को सम्बन्धित समाचार हेरेको छु। विद्रोहीले पाँचजना महिलालाई आगोमा जलाएर मारेको कुरा हेरेर मलाई अचम्म र दुःख पनि लाग्यो। हाम्रो मुलुकमा तिब्बती जनताले धेरै स्वशासन अधिकार प्राप्त गरेको कुराबारे थाहा पाएका मानिस कम छन।

                    तपाईंको वेभ-साइटमा जोडिएको सन 2006 तिब्बत संस्कृति सातासम्बन्धी विषय निकै राम्रो छ जसले मानिसलाई सम्झाउनसक्ने छ। मैले विश्वास गरेको छु:अन्तमा चीन र तिब्बतका जनताले त्यो विरोधी शक्तिको तिब्बतलाई चीनबाट अलग्याउने उद्देश्यलाई आवश्य नै विफल पार्ने छन। यसका साथै, चीन सरकारले तिब्बतको परिस्थितिलाई छिटोभन्दा छिटो नियन्त्रण गर्ने आशा मैले गरेको छु जसबाट त्यहाँका जनताले पहिलेको जस्तै शान्तिपूर्ण जिवन बिताउन सकुन। मेरो अर्को आशा छ:हाम्रा स्थानीय सञ्चार माध्यले आफ्नो प्रसारणको दृष्टिकोणलाई परिवर्तन गर्नसक्ने छन। मलाई सबैभन्दा नराम्रो लागेको कुरा के हो भने:असत्य सूचना सधै नै छिटो प्रसार हुन्छ। तर यी असत्य सूचनालाई अस्वीकार गरेको धारणा र समाचार सधै ढिलो प्रसार हुन्छ। यस घटनामार्फत पैइचिङ्ग ओलम्पिकको विरोध गर्न आव्हान गर्ने कुराप्रति मलाई निकै रीस उठेको छ।

                     स्पेनका श्रोता चौखीनले पठाउनुभएको एउटा इमेलका अनुसार, छिंगहाई-तिब्बत रेल-मार्ग सञ्चालनमा आएजस्तै धेरै कुराबाट तिब्बतको आर्थिक विकास र स्थानीय जनताको जिवन स्तरमा ठूलो सुधार भएको देखिन्छ। यी सबै उपलव्धि चीन सरकारको नीति र सबै चिनियाँहरुको समर्थनसँग घनिष्ट सम्बन्धित छन। त्यसैले तिब्बतलाई चीनबाट अलग्याउने उनिहरुको उद्देश्य अन्यमा अवश्य असफल हुनेछ।

                    इटालीका श्रोता ज्योर्दानोले सी.आर.आई.लाई फ्याक्स पठाउनु भयो। फ्याक्समा उहाँले ल्हासामा उत्पन्न भएको हिंसात्मक घटनाको कडा निन्दा गर्नुका साथै त्यसप्रति अफसोस व्यक्त गर्नुभयो। उहाँले यस काण्डको समाधान गर्नका लागि चीन सरकारले चालेको कदमको समर्थन गर्नुभयो।

                    नेटका प्रयोगकर्ता श्री यु फ्रान्सेली मूलका चिनियाँ हुनुहुन्छ। उहाँले गत मार्च 14 तारिखका दिन ल्हासामा उत्पन्न भएको गम्भीर हिंसात्मक काण्डको कडा विरोध गर्नुभयो। उहाँलाई निर्दोष सर्वसाधारण यस घटनामा हताहत भएको कुराप्रति दुःख लागेको छ। श्री युले विगत केही वर्षदेखि यता चीन सरकारको नेतृत्वमा तिब्बतले काँचुली फेरेको छ भन्दै केही मानिसहरुले तिब्बतको "स्वतन्त्रता" को नारामार्फत पैचिंग ओलम्पिक खेलकुदलाई राजनीतिकरण गर्ने कुचेष्टा गरेका छन जुन साकार हुने छैन भन्नुभएको छ। चीन सरकारले यस काण्डको उचितरुपमा समाधान गर्ने कुरामा उहाँले विश्वास व्यक्त गर्नुभएको छ।

                   चेकका हाम्रो श्रोता चिनतरिच तोमिसेकलाई विश्व भाषा मन पर्छ। उहाँले चाइना ब्रोड्काष्ट डट सि एन अन्तर्गत Esperanto वेभ-साइटमा पठाउनुभएको इ-मेलमा केही मानिसहरुले चीनको ल्हासा तथा अरु स्थानमा नराम्रो उद्देष्यले प्रेरित भै ध्वंसात्मक गरेका छन भन्दै यस घटनाले पैचिंग ओलम्पिक खेलकुदको तयारी कार्य प्रभावित नहुने आशा मैले गरेको छु भन्नुभएको छ। उहाँले पैचिंग ओलम्पिक खेलकुदको सफल आयोजनाप्रति म आशावादी छु भन्नुभएको छ।

                  मोनाकोका हाम्रो श्रोता मेलेनेले चाइना ब्रोड्काष्ट डट सि एन अन्तर्गत फ्रान्सेली वेभ-साइटमा पठाउनुभएको इ-मेलमा तिब्बतमा गराइएको हिंसात्मक घटनालाई पैचिंग ओलम्पिक खेलकूदसङ्ग जोड्नु गलत कुरा हो भन्दै ओलम्पिक खेलकुद शक्तिशाली प्रतियोगिता हो भन्नुभएको छ। उहाँले पैचिंग ओलम्पिक खेलकुद सफल हुने आशा व्यक्त गर्नुभएको छ।

                   युराग्वाईका श्रोता आलबेर्टो माकादोले मार्च महिनाको अठार तारिख चिनियाँ राष्ट्रिय जन-कांग्रेसको अधिवेशन सम्पन्न भएको दिनमा हामीलाई इ-मेल पठाई थोरै पृथकतावादीहरुले तिब्बत क्षेत्रमा गरेको कुटपीट, तोडफोड, लूटपाट, आगजनीको कडा निन्दा गर्नुभएको छ। उक्त इ-मेलमा उहाँले भन्नुभयो: लामो समयदेखि यता चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सुनेको सक्रिय श्रोताको रुपमा हामीलाई उनीहरुको झुठो कुराले भ्रम पार्नसक्ने छैन। तिब्बत चीनको एउटा अविच्छिन्न भूभागमा रहेको र मुक्ति भएअघि तिब्बतका मानिसले कस्तो जिवन विताएका थिए भन्ने कुरा मानिसहरुले बिर्सनेछैनन। तत्कालीन दास प्रथामा थोरै दास मालिकले धेरै भूदासको रगत र आसुको बलि चढाएर विलासपूर्ण जिवन विताएका थिए, तर तल्लो तहका भूदासको सबैभन्दा आधारभूत अस्तित्वको पूर्वशर्त र मानवीय प्रतिष्ठालाई पनि खोसिएको थियो। तत्कालीन तिब्बतको पिछडिएको अर्थतन्त्र, ह्रास हुँदैगएको संस्कृति, कडा सामाजिक श्रेणीका कारण सर्वसाधारणहरु कालो अक्षर भैँसी बराबर भने झैँ देखिन्थे। तर हाल जातीय क्षेत्रीय स्वायत्त व्यवस्थामा, चीन सरकारले दिएको ध्यान र सारा चिनियाँ जनताको समर्थनमा तिब्बती जनताले आफूलाई सञ्चालन गर्न, पशु व्यवसाय, कृषि व्यवसाय र पर्यटन व्यवसाय विकास गर्नसक्छन। उनीहरुका छोरा-छोरीले विश्वविद्यालयमा पढ्नसकेको छन, उनीहरुको धर्म, संस्कृति र चलनको सम्मान गर्नसकिन्छ। चीनको राष्ट्रिय जन-कांग्रेसको अधिवेशनमा तिब्बती प्रतिनिधिले अरु अल्पसंख्यक जातिका प्रतिनिधि जस्तै आफ्नो विचार लिई चीनको विकासका लागि सुझाव दिनसक्छन। मुक्ति हुनुअघि यस्तो कुराको विश्वास गर्न सकिदैनथ्यो। तिब्बतको भविष्य अझ राम्रो हुने कुराको शुभकामना।

                     उहाँले पनि भन्नुभयो: दलाइलामाको गुटले तिब्बतमा हूलदंगा गरी स्थानीय तिब्बत जाति र हान जातिका मानिसको ज्यान र धनको ठूलो नोक्सानी पारेको छ, निर्दोष सर्वसाधारणको हत्या गरेको छ, पसलहरुमा आगजनी र तोडफोड गरेको छ, चिकित्सकहरुलाई पनि कुटपिट गरेको छ। त्यो अपराध हो। तिब्बत चीनको एउटा अविच्छिन्न भूभागमा रहिरहेको छ। मैले हूलदंगालाई साम्य पार्न र तिब्बतको स्थीरताको सुरक्षा गर्नका लागि चीन सरकारले गरेको प्रयासको मुक्त कण्ठले प्रशंसा गर्नुका साथै उक्त काण्डमा नोक्सानी व्यहोरेका तिब्बती जाति र हान जातिका चिनियाँ जनताप्रति समवेदना व्यक्त गरेको छु।

                    निकरागुवाका श्रोता केरार्दोले मार्च महिनाको सत्ताईस तारिख पनि हामीलाई इ-मेल पठाई दलाइलामाले गरेको अपराधको कडा निन्दा गर्नुभयो। उहाँले भन्नुभयो: मायालु बुद्धले उक्त काण्ड देखेर दलाइ लामालाई नरकमा पठाउने छन। किनकि उक्त गतिविधि "माया र शान्ति"को सिद्धान्त विपरित छ। तिब्बतलाई अमेरिकाको एक राज्यमा राख्ने "मार्च चौध तारिख"काण्डको लक्ष्य रहेको छ। खेद लाग्दो कुरा के हो भने, उक्त काण्डबारे मेरो मातृभूमिले दिएको समाचारले वास्तविक तथ्यलाई बंग्याएको छ। विश्वका केही मानिसले राष्ट्रिय समृद्धिका लागि प्रयास नगरी राष्ट्रिय स्थीरतालाई ध्वस्त पार्न र मानमा कालो दाग लगाउन खोजिरहेको छन। उनीहरु उक्त घटनाको प्रयोग गरी पेइचिँग 2008 ओलिम्पिक खेलकुदको विरोध गर्न चाहन्छन।

                  भारतको उत्तरी राज्यका श्रोता आनन्द मोहानले सी.आर.आई. अनलाइनअन्तर्गत हिन्दी भाषाको वेभ-साइटमार्पत भन्नुभएको छः "तिब्बत क्षेत्रमा भएको हिंसात्मक घटनाबारे मलाई निकै अफशोस लागेको छ। तपाईंहरुको वेभ-साइटद्बारा चीनको सुधार तथा खुलापनले तिब्बती जनतालाई ठूलो फाइदा दिलाएको जानकारी मैले पाएको छु। यसबाट तिब्बती जनताको जीवन स्तरमा क्रमशः सुधार हुँदैआएको छ। विशेषगरी, छिङ्ग हाइ-तिब्बत रेल-मार्ग तिब्बत र चीनका विभिन्न क्षेत्रहरुबीच माल-सामान तथा मानिसको ओसार-पसार गर्ने पुल बनेको छ। धेरै मानिसहरुले उक्त रेल-मार्गको सहायताले रहस्यले भरिपूर्ण तथा सुन्दर तिब्बत पुग्नसकेका छन। तिब्बत र हाम्रो भारत जोडिएको छ। त्यसैले तिब्बत क्षेत्रको शान्ति तथा स्थीरता भारतको शान्ति तथा विकाससँग सम्बन्ध छ। तिब्बतमा भएको हिंसात्मक घटनाको कडा निन्दा गर्नुका साथै भविष्यमा यस्ता घटना फेरि नहुने आशा मैले गरेको छु।"

                       नेपाली नेटको प्रयोगकर्ताहरुले सी.आर.आई. अनलाइनअन्तर्गत नेपाली भाषाको वेभ-साइटमा चिट्ठी पठाएर दलाइ गुटले दिन प्रतिदिन समृद्ध हुँदैआएको तिब्बती क्षेत्रलाई भताभुंग पार्ने हिंसात्मक गतिविधि गरेकोमा यसप्रति क्रोध व्यक्त गर्नुका साथै एक चीनको नीतिलाई दृढताका साथ समर्थन गर्ने कुरा जनाएका छन।

                    टर्कीको मुसा ओचाल नामक नेटको प्रयोग कर्ताले यस्तो लेख लेख्नुभएको छः "तपाईंहरुको वेभ-साइटमा भएको विषय पढेर मैले उक्त घटनाबारे वास्तविकरुपमा जानकारी पाएँ। धेरै वर्षमा तिब्बत क्षेत्रमा विद्यमान शान्ति केही अबैध तत्वको हिंसात्मक गतिविधिबाट विग्रिएकाले मलाई दुःख लागेको छ। मैले चीन सरकारद्बारा चालिएको कदमको समर्थन गरेको छु। तिब्बत क्षेत्रमा भएको घटना अकस्मात भएको घटना होइन, मगज खियाएर रचेको घटना हो। पेइचिङ्ग ओलम्पिक खेलकुद म र म नजिकका मानिसहरुले पर्खिरहेको भव्य समारोह हो। हामीले स्क्रीनबाट ती निर्लज्जतापूर्ण हिंसा होइन, खुशीका साथ ओलम्पिकको आनन्द लिने आशा गरेका छौं। "

                     धेरैजना इरानी नेटको प्रयोगकर्ताले सी.आर.आई. अनलाइनअन्तर्गत पोस भाषा वेभ-साइटमा इ-मेल पठाएर तिब्बतमा भएको कूटपीट, लुटपाट, तोडफोड र आगजनीजस्ता घटनामाथि ध्यान दिनुका साथै यसको समाधानका लागि चीन सरकारबाट चालिएको कदमको समर्थन गरेका छन।

                   अफगानिस्तानी नेटको प्रयोग कर्ता साइद राहमानबाट सी.आर.आई. अन लाइनअन्तर्गत भूश्टु भाषा वेभ-साइटलाई पठाइएको चिट्ठीमा भन्नुभएको छः "केही मानिसले किन तिब्बती मामिलालाई पेइचिङ्ग ओलम्पिक खेलकुदसँग जोड्नखोजेका छन यो कुरा मैले बुझ्नसकेको छैन। चीनसँग यस पटकको ओलम्पिक खेलकुदको राम्ररी आयोजना गर्ने क्षमता भएको विश्वास मैले गरेको छु र त्यसको प्रतीक्षामा छु। मैले पेइचिङ्ग ओलम्पिक खेलकुद हेर्नुपर्ने छ।" बढीमा श्रोता लाफ्व्रा मानदुशेरले टेलिफोन गरेर भूश्टु भाषा वेभ-साइटका कार्यकारीलाई प्रेरणा गर्नुभयोः "तपाईंहरुको वेभ-साइट र प्रसारणद्बारा मैले उक्त घटननाबारे चौतर्फीरुपमा जानकारी पाएको छु। मैले भनेको केहोः निःसन्देह तिब्बत चीनको एक भाग हो। तपाईंहरु निरन्तररुपमा प्रयास गर्नुहोस। म उक्त घटनामा नजर पुर्‍याउँदैजानेछु।"

                      मोरोकोका हाम्रा श्रोता इतरिस बुवातिनाले चाइना ब्रोड्काष्ट डट सि एन अन्तर्गत अरबेली वेभ-साइटमा पठाउनुभएको इ-मेलमा चीन एउटा लामो इतिहास र समृद्ध संस्कृति भएको मुलुक हो भन्दै चीनका लागि ओलम्पिक खेलकुदको ठूलो महत्व रहेको विचार व्यक्त गर्नुभएको छ। उहाँले अहिले विश्वका विभिन्न मुलुकका जनताले पैचिंगमा ध्यान केन्द्रित गरिरहेको र पैचिंग ओलम्पिक खेलकूद सफल हुने आशा व्यक्त गर्नुभएको छ। उहाँले ओलम्पिक खेलकुद विश्वको एउटा भव्य महासमारोह हो भन्दै यदि कसैले ओलम्पिकलाई बिथोल्ने आशा गरेको छ भने त्यो मान्छे विश्वका सबै मानिसहरुको विरोधी हो भन्नुभएको छ। उहाँले चीन सरकार र तिब्बत सरकारको प्रयासमा तिब्बतमा अहिले शान्तिको पुनर्स्थापना भएको कुरा उल्लेख गर्नुभएको छ। श्री इतरिस बुवातिनाले समाजको समृद्धि, मुलुकको स्थिरता, विश्व शान्तिको संरक्षण गर्नका लागि विश्वभरिका जनाताले संयुक्तरुपमा मिलेर प्रयास गर्नुपर्ने कुरा पनि उल्लेख गर्नुभएको छ।

                     अल्जेरियाका हाम्रा श्रोता पेन अमिर हतिले हाम्रा रेडियोमा पठाएको पत्रमा तिब्बतको ल्हासामा गराइएको हिंसात्मक घटनाले मलाई दुःखी बनाएको छ भन्दै त्यस घटना विदेशी पृथकतावादी शक्तिले उक्साएर गराएको घटना होला भन्नुभएको छ। उहाँले सन 2008 पैचिंग ओलम्पिक खेलकूद दिन प्रतिदिन नजिकिंदैआएको समयमा विदेशी पृथकतावादी शक्तिले यस घटनाबाट चीनको मर्यादालाई ध्वस्त पार्नखोजेको विचार व्यक्त गर्नुभएको छ। उहाँले चीन तथा कुनै अरु मुलुकले आफ्नो देशका लागि राम्रो उपायमार्फत आफ्नो देशमा गराइएको हिंसात्मक घटनाको समाधान गरेका छन भन्दै त्यस घटना कुनै पनि मुलुकको आन्तरिक मामिला हो, यसमा कुनै अन्य मुलुकले हस्तक्षेप गर्ने अधिकारी छैन भन्नुभएको छ।

                     नाइजेरियाका हाम्रा श्रोता साल्लासु चाइना ब्रोड्काष्ट डट सि एन अन्तर्गत hausa वेभ-साइटमा पठाउनुभएको इ-मेलमा त्यस दिन मैले हरेक दिन झैं तपाईंको वेभ-साइट हेरें र मैले तपाईंको समाचारबाट ल्हसामा गराइएको घटनाको वास्तविकताबारे जानकारी पाएँ भन्नुभएको छ। उहाँले तिब्बतसम्बन्धी समस्या चीनको आन्तरिक मामिला हो भन्दै मैले चीन सरकारले यस घटनाको समाधान गर्न चालेको कदमको पूर्णरुपमा समर्थन गरेको छु र मैले पश्चिमी मुलुकका सरकार तथा संचार माध्यमहरुले तिब्बतसमबन्धी समस्यामार्फत चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्नखोजेको कुरा बुझेको छु भन्नुभएको छ। श्री साल्लासुले मैले पश्चिमी मुलुकहरुले तिब्बतसमबन्धी समस्यासङ्ग पैचिंग ओलम्पिक खेलकुदलाई जोडेकोमा त्यसको विरोध गरेको छु भन्नुभएको छ।

                    तान्जनियाका श्रोता फादली कीपेनेले सी.आर.आईको अन-लाइन अन्तर्गत स्वहिली वेभ-साइटलाई एउटा पत्र पठाउनुभयो। यस पत्रमा उल्लेख गरिएको छ--- हाल तिब्बतको औंलामा गन्नसकिने थोरै संख्याका मानिसहरुले विध्वंशकारी अपराधी कर्तुतहरु गरेका कुराबाट स्थानीय जनताको ज्यान र सम्पदाको सुरक्षामा आघात पुगेको कुरा मलाई सी.आर.आई.को स्वहिली भाषाको प्रसारणबाट थाहा भएको छ। ती अपराधी कर्तुतहरु जनताबाट छी छी दूर दूर भएको र विश्चय नै विफल हुने कुरामा मैले विश्वास गरेको छु। मैले ती कर्तुतहरु सुइँकुच्चा ठोकेर विदेशमा भागेका दलाई गूटद्बारा रचिएको र उनीहरु केही पश्चिमी मुलुकहरुका थोरै संख्याका मानिसहरुद्बारा उक्साइएको र समर्थन गरिएको ठहर लिएको छु। सन् 2007को जनवरी महिना मैले VOA को एउटा पत्रिका पढेको छु। यस पत्रिकामा लामो लेखमा "तिब्बत समस्या"बारे चर्चा गरिएको छ। यस पत्रिकाका अनुसार, उनीहरुले तिब्बती प्रतिक्रियावादी गूटले चीन सरकारको अधीनमा रहने कुराको विरोध गर्ने र तिब्बतलाई चीनको सार्वभौमिकताबाट पृथक पारेर एउटा अवैधानिक शासनको स्थापना गर्ने कुराको समर्थन गरेको छ। मेरो विचारमा, पश्चिमी मुलुकहरुका थोरै संख्याका मानिसहरुको उद्देश्य औंलामा गन्न सकिने थोरै संख्याका तिब्बतीहरुलाई पैचिंगमा आयोजित हुने सन् 2008 पैचिङ ओलम्पिक खेलकुदप्रति विध्वंशकारी कर्तुतहरु गर्न उक्साउनु र चीनको सुधार तथा खुलापन र आर्थिक विकासमा हासिल गरिएको ठूलो उपलब्धिको बदनाम गर्नु हो।

                      तान्जनियाका श्रोता मज्यानाले एउटा इमेल पठाउनुभयो। यस इमेलमा उल्लेख गरिएको छ--- हाल उत्पन्न भएको हिंसात्मक काण्डमा ज्यान र सम्पदाको क्षतिबाट प्रभावित भएका ल्हासाका जनतालाई मेरोतर्फबाट सान्त्वना दिनुहोस्। उक्त काण्ड सुनेपछि मलाई ज्यादै दुःख लाग्यो। पश्चिमी सञ्चार माध्यमहरुले यस काण्डमा हुनसम्म उक्साउने कामा गरेका छन्। यस कुराबाट उनीहरु यस काण्डमा प्रत्यक्ष रुपमा सहभागी भएका र उनीहरुले आगोमा घ्यू थप्ने भूमिका निर्वाह गरेको कुरा प्रमाणित भएको छ। पृथकतावादी दलाई गूट विदेशमा निर्वासित भइरहेको छ। मेरो विचारमा उनीहरुले ल्हासा काण्ड रचेका छन्। केही मानिसहरुले उनीहरुबाट पैसा लिएका छन्। ती मानिसहरु उनीहरुद्बारा प्रयोग गरिएको र उनीहरुले अपराधी कर्तुतहरु गर्ने साधन बनेका छन। चिनियाँ नेतागण र चिनियाँ जनता चट्टान जस्तो कडा हुने गरी एकताबद्ध हुनुपर्ने छ। चिनियाँ नेतागण र चिनियाँ जनताले ल्हासाको परिस्थितिको नियन्त्रण गर्नुपर्ने छ किनकि थोरै संख्याका मानिसहरुले चीनले स्थिर र मेलमिलापयुक्त वातावरणमा ओलम्पिक खेलकुदको आयोजना गर्ने आशा लिएको छैन। मैले चिनियाँ जनता निराश नहुने, ओलम्पिक खेलकुदको तयारी कार्य निरन्तररुपमा गर्ने आशा लिएको छु जसबाट हाम्रा शत्रुहरुलाई लज्जित तुल्याउनसकियोस।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040