china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतमा ओलम्पिकको पवित्र राँको रिले कार्यक्रमलाई प्रत्याभूत गर्न तिब्बत स्वायत्त प्रदेश पूर्णरुपमा तयारः तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष छ्याँगपा पिनगोग
    (GMT+08:00) 2008-04-09 19:48:13    

             चीनको तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष छ्याँगपा पिनगोग र चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिअन्तर्गत संयुक्त मोर्चाअन्तर्गत कार्य विभागका उप-प्रमुख स्टाले आज नौ तारिख पैचिंगमा चिनियाँ र विदेशी पत्रकारहरुलाई अन्तर्वार्ता दिनुभयो। सो अवसरमा उहाँहरुले भन्नुभयो- तिब्बतमा ओलम्पिकको पवित्र राँको रिले कार्यक्रमलाई सफल पार्नका लागि तिब्बत स्वायत्त प्रदेशले पूर्णरुपमा तयारी गरिसकेको छ। दलाई गूटले तुरुन्तै सबै हिंसात्मक र पृथकतावादी कर्तुत रोक्नसक्ने आशा व्यक्त गर्दै उहाँहरुले दलाईसित कुराकानी गर्ने चीन सरकारको ढोका अझै पनि खुला रहेको कुरा बताउनुभयो।

             मार्च चौध तारिख ऐन विपरित केही तत्वहरुले तिब्बत स्वायत्त प्रदेशको सदरमूकाम लासामा कुटपीट, लुटपाट, तोडफोड तथा आगजनी लगायतका हिंसात्मक घटना गराएका थिए जसका कारण अठारजना निर्दोष व्यक्तिको मृत्यु हुनुका साथै तीन सय बयासीजना घाइते भएका छन। हाल लासामा गराइएको हिंसात्मक घटना दलाई समूह तथा "तिब्बतको स्वतन्त्रता पक्षधर"द्वारा मच्चाइएको कुराबारे चीनको प्रहरीसङ्ग यथेष्ठ प्रमाण छ। हाल "तिब्बतको स्वतन्त्रता पक्षधर" तत्वहरुले लण्डन तथा पेरिसमा पैचिङ ओलम्पिक खेलकुदको पवित्र राँको रिले कार्यक्रमलाई बिथोल्नखोजेकामा चीन र विदेशका विभिन्न क्षेत्रका व्यक्तिहरुले तिनीहरुको निन्दा गरेका छन। पूर्वनिर्धारित योजनाअनुसार, ओलम्पिक खेलकुदको पवित्र राँको यस वर्षको मेइ महिनामा विश्वको सर्वोच्च चुचुरो सगरमाथामा पुग्नेछ भने जून महिनामा तिब्बत स्वायत्त प्रदेशमा रिले हुनेछ। अध्यक्ष छ्याँगपा पिनगोगले राँको रिले कार्यक्रमका लागि तिब्बत स्वायत्त प्रदेश पूर्णरुपमा तयार छ भन्दै ओलम्पिकको पवित्र राँको तिब्बतमा सुरक्षित तथा सफलताका साथ रिले हुने कुराको प्रत्याभूति भएको कुरा वताउनुभयो। आवाज एक

             ओलम्पिक खेलकुदको आयोजना गर्नु बितेका एक सय वर्षदेखि चीन राष्ट्रको प्रतिक्षा हो। ओलम्पिकको पवित्र राँको तिब्बतमा रिले गर्ने काम तिब्बती जनताको इज्जत र जिम्मेवारी हो। यसको तिब्बतका विभिन्न जातिका जनताले अत्यन्तै समर्थन गरेका छन। हामीले ओलम्पिकको पवित्र राँको तिब्बतमा सफलताका साथ रिले गर्नका लागि पूरा तम्तयारी गरिसकेका छौं, र सूक्ष्मताका साथ बन्दोबस्त मिलाइसकेका छौं। अनि ओलम्पिकको पवित्र राँको रिले कार्यक्रम निश्चय नै सुरक्षित र सन्तोषजनकरुपमा सफलताका साथ सम्पन्न हुनेछ।

            चीन सरकारले दलाइ लामासँग वार्ता गर्ने सम्बन्धमा पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिंदै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिअन्तर्गत संयुक्त मोर्चाअन्तर्गत कार्य विभागका उप-प्रमुख, तिब्बती व्यक्ति स्टाले भन्नुभयो, आवाज दुइ

             दलाइ लामासँग वार्ता गर्ने ढोका यथावत रुपमा खुला छ। तथापि दलाइ लामाले सबै हिंसात्मक गतिविधि त्याग्नुपर्छ, पैचिङ ओलम्पिक खेलकुदलाई बिथोल्ने सबै गतिविधि स्थगित गर्नुपर्छ, मातृ-भूमिलाई टुक्र्याउने सबै गतिविधि बन्द गर्नुपर्छ जसबाट हामीबीचको वार्ताका लाग आवश्यक पूर्वाधार तयार पार्नसकियोस।

              लासाको "मार्च चौध"को घटनालाई साम्य पारिएपछि तिब्बत स्वायत्त प्रदेश सरकार तथा लासा शहर सरकारले समयमै प्रभावकारी कदम चालेका छन। घाइते भएका तीन सय असीजना सर्वसाधारणलाई उपचार गराउनुका साथै मृत्यु भएका अठारजना व्यक्तिका परिवारलाई विशेष भत्ता दिइएको छ। सम्बन्धित विभागले बिग्रिएका विजुलीका लाइन तथा दूर-सञ्चार लगायत सार्वजनिक प्रबन्धको मरम्मत कार्य तुरुन्तै गर्नुका साथै सहुलियत दरमा ऋण उपलव्ध गराउने आदि सुविधाजनक कदम चालेर क्षतिग्रस्त व्यवसाय तथा ब्यापारीहरुलाई सहायता दिएको छ। अध्यक्ष छ्याँगपा पिनगोगले यसबारे जानकारी दिंदै भन्नुभयो, आवाज तीन

              हाल लासा शहरको उत्पादन तथा जीवनको परिपाटी पुन:सामान्य भएको छ। विद्यार्थीहरु सामान्यरुपमा विद्यालय जानथालेका छन। अत्यधिक पसलहरु पुन: खुलेका छन। पोताला दरबार तथा तिब्बती संग्रहालयलगायतका पर्यटन स्थल पर्यटकहरुका लागि पुन:खुला भएका छन। बजारका लागि आपूर्ति यथेष्ट छ भने मालसामानको भाउ स्थिर छ।

             थाहा भएअनुसार, तिब्बत स्वायत्त प्रदेशको कूल गार्हस्थ उत्पादन परिमाणमा बितेका सात वर्षदेखि निरन्तररुपमा बाह्र प्रतिशतले वृद्धि हुँदैआएको छ। तिब्बती जनता तिब्बतको कूल जनसंख्याको पन्चानब्बे प्रतिशतभन्दा बढी पुगेको छ। तिब्बती जनताले सुधारका क्रममा हासिल गरिएको उपलव्धिको पूर्ण रुपमा उपभोग गरिरहेका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040