china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    केही मुलुकका राष्ट्र नायकबाट ओलम्पिकको राँको रिले कार्यक्रमलाई बिथोल्नखोजेको गतिविधिको आलोचना
    (GMT+08:00) 2008-04-09 09:23:31    

             केही दिनदेखि यता जापान, रुस, फ्रान्सलगायतका धेरै मुलुकका राष्ट्र नायकहरु र सञ्चार माध्यमले ओलम्पिकको राँको रिले कार्यक्रमलाई बिथोल्नखोजेको गतिविधि र पेइचिङ्ग ओलम्पिक खेलकुदको प्रतिरोध गर्ने गतिविधिको आलोचना गरेका छन्।

             रुसी राष्ट्रिय डुमाका अध्यक्ष बोरिस ग्रिच्लोभले हिजो पेइचिङ्ग ओलम्पिक खेलकुदको प्रतिरोध गर्नखोज्ने गतिविधिको निन्दा गर्नुभएको छ। उहाँका अनुसार, अन्य उपायमार्फत राजनैतिक समस्याको समाधान गर्नुपर्छ। पेइचिङ्ग ओलम्पिक खेलकुद निर्धारित योजनाअनुसार आयोजित हुनुपर्छ।

             जापानी मन्त्री परिषद्का सचिव माचिमुरा नोबुटाकाले हिजै टोक्यूमा पत्रकार सम्मेलन आयोजित गरेर पेइचिङ्ग ओलम्पिक खेलकुद विश्वको भव्य खेलकुद समारोह हो र विश्वभरिका जनता पेइचिङ्ग ओलम्पिक खेलकुद सफलताका साथ आयोजित हुने प्रतिक्षामा भएको कुरा बताउनुभएको छ।

             जापानी विदेश मन्त्री कोमुरा माशाहिकोले अर्को पत्रकार सम्मेलनमा बोल्दै हिंसा नराम्रो कुरा हो र हिंसात्मक गतिविधिका साथै विरोधका गतिविधि खुशीलाग्दो कुरा होइन भन्नुभएको छ।

             फ्रान्सेली नौभेल्लेस द युरोप नामक अखवारबाट हिजै प्रकाशित टिपण्णीका अनुसार, ओलम्पिकको संकल्पको एउटा महत्वपूर्ण सिद्धान्त भनेको राजनैतिक व्यवस्था, विचारधारा, सांस्कृतिक परम्परा र जातिभन्दा माथि हुनु हो। खेलकुदलाई राजनीतिकरण गर्ने कुराले ओलम्पिक भावनाको उल्लंघन गर्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040