
चीनको तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष छिआङ्गबा फुन्चोगले आज नौ तारिखका दिन पैचिङ्गमा बोल्दै तिब्बत स्वायत्त प्रदेश सरकारले ओलम्पिक खेलकुदको राँकोलाई तिब्बतमा रिले गर्नका लागि प्रशस्त तयारी गरिसकेकाले राँको रिले कार्यक्रम अवश्य नै सफल हुने कुरा बताउनुभएको छ।
उहाँले चीनको राज्य परिषदको सूचना कार्यालयव्दारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उक्त राँकोलाई तिब्बतमा रिले गर्नु तिब्बती जनताको इमान र कर्तव्य भएकाले तिब्बतका विभिन्न जातिका मानिसहरुले त्यसको निकै समर्थन गर्दैआएका छन् भन्नुभयो।

उहाँको भनाइअनुसार, तिब्बतमा ओलम्पिक खेलकुदको पवित्र राँको रिले कार्यक्रमलाई सफल पार्ने कुरामा चीन दृढ संकल्पित छ। लन्डन र पेरिसमा "तिब्बती पृथकतावादी"हरुले राँको रिले कार्यक्रमलाई बिथोल्ने प्रयास गरेका थिए। तथापि त्यसले ओलिम्पिक खेलकुदको सफलतामा कुनै असर पार्नसक्दैन।
|