|

पैचिङ ओलम्पिक खेलकुदको पवित्र राँको बोकेको "ओलम्पिक पवित्र राँको" नामक चार्टर विमान स्थानीय समयअनुसार आठ तारिख विहान सबेरै तीन बजेर पैंतालीस मिनेट जाँदा अमेरिकाको सान फ्रान्सिस्को विमान स्थलमा पुग्यो। यसरी ओलम्पिकको पवित्र राँकोको विदेशमा रिले कार्यक्रमको छैठौं मुकामको यात्रा शुरु भएको छ।

पूर्वनिर्धारित योजनाअनुसार, पैचिङ ओलम्पिक खेलकुदको पवित्र राँको सान फ्रान्सिस्कोमा एक दिनसम्म रहने छ। रिले कार्यक्रम स्थानीय समयअनुसार नौ तारिख दिउँसो एक बजेदेखि शुरु हुनेछ। रिलेको कूल लम्बाइ करिब तेह्र किलोमिटर हुने छ।
|