चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता च्याङ्ग युले आज नौ तारिखका दिन पैचिङ्गमा बोल्दै ग्रीसका भारोत्तोलकले निषेधित औषधी खाएको कुरालाई स्पष्ट पार्नका लागि ग्रीसलाई घनिष्ट साथ दिन चीन इच्छुक भएको कुरा बताउनुभएको छ।
हाल ग्रीसको सञ्चार माध्यमले के समाचार दिएका छन भने ग्रीसका भारोत्तोलकले अन्तर्राष्ट्रिय भारोत्तोलन संघले अकस्मात् जाँचबुझ गर्दा उक्त खेलाडीको पिसाब पोसिटिभ देखिएको थियो, यो शाङ्ग हाइ व्है ल्यइ जैवीक विज्ञान-प्रविधि कम्पनी लिमिटेडबाट प्रस्तुत गरिएको औषधीसित सम्बन्धित छ।
त्यसबारे श्री च्याङ्ग युले पत्रकारद्बारा सोधिएको प्रश्नको जवाफ दिंदै चीन सरकारले जहिले पनि उत्प्रेरक औषधी विरोधी अडानलाई कायम राख्दैआएको छ भन्नुभयो। उहाँको भनाइअनुसार, प्रारम्भिक जानकारी बमोजिम वास्तविक अवस्था विदेशी सञ्चार माध्यमले भनेजस्तो छैन। त्यसबारेको सत्य-तथ्य पत्ता लगाउनका लागि ग्रीसलाई घनिष्ट साथ दिन चीन इच्छुक छ।
|