china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बती सेवा निवृत्त कर्मचारी र जन-साधारणव्दारा " तिब्बतको स्वतन्त्रता"पक्षधर तत्वहरुको कडा निन्दा
    (GMT+08:00) 2008-04-09 20:03:30    

            निकै अल्पसंख्यक " तिब्बती स्वतन्त्रता"का पक्षधर तत्वहरुले लण्डन र पेरिसमा ओलिम्पिक खेलकुदको पवित्र राँको रिले कार्यक्रमलाई बिथोल्ने प्रयास गरेकाले ल्हासा नगरका तिब्बती अधिकार र जन-साधारणले त्यसको कडा निन्दा गरेका छन।

            सेवा निवृत्त अधिकारी चोइटाले रीसाउँदै के भन्नुभएको छ भने, पृथकतावादी तत्वहरुले बीस दिनअघि ल्हारामा हुलदङ्गा, कूटपीट, आगजनी जस्ता कुकर्महरु गरेका थिए भने अहिले विदेशमा ओलम्पिकको राँको रीले कार्यक्रमलाई बिथोल्ने प्रयास गर्दैआएका छन। 

            तिब्बती शिक्षक लामोले भन्नुभयोः ओलम्पिक खेलकुद समस्त मानव जातिको एउटा शान्तिपूर्ण र मैत्रीपूर्ण समारोह नै हो। राँको रीले कार्यक्रमलाई बिथोल्ने काम गर्नु मानव जातिबीचको शान्ति र मितेरीलाई बिथोल्नु नै हो। यस्तो कुकर्मको सबै शान्तिप्रेमी मानिसहरुले विरोध गर्दैआएका छन।

            त्यसैगरी तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष छिआङ्गबा फुन्चोगले भन्नुभयोः तिब्बती जाति इमान्दार, मिलनसार र गुणवान जाति हो। तिब्बतको नाउँ लिएर कुकर्म गर्दैआएका बदमाशहरुलाई देखेर तिब्बतीका हैसियतले हामीलाई लाज लागेको छ। उनीहरुका कुकर्मबाट उनीहरुको वास्तविक अनुहार विश्वका जनतासामु छर्लङ्ग हुँदैआएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040