
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिअन्तर्गत संयुक्त मोर्चाका उप-प्रमुख स्टाले दलाई लामा पक्षले सबै हिंसात्मक कुकर्मलाई रोक्नुपर्ने, पैचिंग ओलम्पिक खेलकूदलाई बिथोल्ने सबै कर्तुत रोक्नुपर्ने र मातृ-भूमिलाई टुक्य्राउने सबै कर्तुत रोक्नुपर्ने र सम्पर्क र छलफलमार्फत वार्ता गर्नका लागि आवश्यक पूर्वाधार तयार पार्ने काम गर्नुपर्ने विचार व्यक्त गर्नुभएको छ। उहाँले हिजो पैचिंगमा चिनियाँ राज्य परिषद्को प्रेस कार्यालयबाट आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।
उप-प्रमुख स्टाले भन्नुभयो- सम्पर्क र छलफलमार्फत वार्तामा प्रगति हासिल हुन नसकेमा त्यसको जिम्मेवारी दलाई पक्षले लिनुपर्छ। त्यसको मूलभूत कारण दलाई लामा पक्षले सदिच्छा देखाएको छैन। उनीहरु "तिब्बतको स्वतन्त्रता पक्षधर" को अडानलाई त्याग गर्दैनन, साथै मातृ-भूमिलाई टुक्य्राउने कर्तुत पनि त्याग्दैनन।
|